गोकर्णेश्वर -३ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता दिपक थापाको दावी

कपन अनलाइन

काठमाडौँ,बैशाख ७।

स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्न केहि दिन मात्र  बाँकी छ । मनोनयन दर्ताको  समय नजिकीदै गर्दा राजनीतीक दलहरूले आफ्ना उम्मेदवार टुंग्याउन सकेका  छैनन  ।  स्थानीय तहको  वडा देखि पालिका सम्म नेतृत्वको दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ । उम्मेदवारमा दाबेदारी प्रस्तुत गर्नेहरु धेरै भएपछि पार्टीहरुलाई उम्मेदवारको टुंगो लगाउन कठिन भएको देखिन्छ ।यसै बीच गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षमा  दिपक थापाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागि दाबी गरेका छन । विभिन्न पार्टीबाट सो  वडाको वडा अध्यक्ष पदका लागी दर्जन बढी आकाक्षी छन् ।

अझ रोचक त एउटै पार्टीबाट आधा दर्जन भन्दा बढी यस वडाको अध्यक्ष पदका लागी आकाक्षी देखिएका छन । दर्जन भन्दा बढी आकांक्षीहरूको भिडमा अहिले गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा  दिपक  थापाको नाम चर्चामा रहेको छ ।

वडाअध्यक्ष भएर जनताको  सेवामा लाग्ने योजना बनाएका थापा  नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय प्रतिनिधि समेत हुन। बिभिन्न व्यवसायमा आबद्ध थापाले वडामै रोजगारी सृजना गर्ने बताएका छन् । राजनीतिलाइ सेवालाइ  रूपमा लिएर जनताका काममा निरन्तर लाग्ने वडाको  विकास तथा समृद्दिका लागि सम्बन्धित निकायहरू सँगको  सहकार्यमा काम गर्ने योजना बनाएका थापाले यसपालिको निर्वाचनमा हाम्रो लाई होइन राम्रोलाई, भिजन भएकालाई  भोट दिन्छन  भन्नेमा बिस्वस्त हुदै, इमान्दारिता, निष्पक्षता र जनमतका आधारमा  वडा अध्यक्ष पदमा आफ्नो दाबि रहेको बताएका छन  ।

पार्टीलाई निर्वाचनमा जिताउनु पर्ने हुन्छ, उनले थपे, जसले भुगोलको  राजनीति बुझेको छ, त्यहाको आर्थिक सामाजिक अवस्था रआवश्यक्ताका बारेमा जानेका छन, तीनीहरूलाइ नै स्थानीय स्तरमा नेतृत्व दिनुपर्छ भन्ने मान्यता राख्ने थापाले वडाको कृषि, सडक, खानेपानी, रोजगारी, स्वास्थ्य आदिको क्षेत्रमा व्यापक सुधार गर्ने योजना रहेको दाबी गरेका छन ।

तपाइँको प्रतिक्रिया ।