प्रहरीको आँखा छलेर वीर अस्पतालबाट भागेका कैदी तिरुवा बुढानिलकण्ठ -१२ कपनबाट पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६।

केन्द्रीय कारागारमा थुनामा रहेर उपचारको क्रममा भागेका थुनुवालाई प्रहरीले बुढानिलकण्ठ -१२ राधाकृष्ण मन्दिर नजिकबाट  पक्राउ गरेको छ।

२०७८ चैत २९ मा उपचारको क्रममा वीर अस्पतालबाट भागेका ४५ वर्षीय राजेश तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका तिरुवा बलात्कार मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहेका रहेका थिए ।

‘प्यारालाइसिस’ भएको बताएपछि  वीर अस्पतालमा भर्ना गरिएका उनि सुरक्षामा खटिएका ४ जना प्रहरीको आँखा छलेर उनि अस्पतालबाट भागेका थिए।

सोमवार बुढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनबाट उनलाई पक्राउ गरिएको एसपी मैनालीले बताए। प्रहरीले उनलाई केन्द्रिय कारागारमा थुनामा पठाएको छ।

तपाइँको प्रतिक्रिया ।