गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले उद्यमी व्यवसायीहरुलाई एक दिने पुनर्ताजगी कार्यक्रम गर्ने

गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले  उद्यमी व्यवसायीहरुलाई एक दिने पुनर्ताजगी कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं,बैशाख ६ ।  गोकर्णेश्वर नगरपालिका वडा नं४ ले उद्यमी व्यवसायीहरुलाई एक दिने पुनर्ताजगी कार्यक्रम गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिकाको आयोजना र ४ नं वडाको आयोजनामा बिगतका वर्षहरुमा बिभिन्न व्यवसाय सम्बन्धी तालिम लिई बेरोजगार भइ यस वडा भित्र बसोबास गर्ने उद्यमी व्यवसायीहरुलाई एक दिने पुनर्ताजगी गर्ने उदेश्यका साथ नगरपालिकाको स्वरोजगार शाखा बाट २०७९ साल बैशाख ९ गते शुक्रबार बिहान १० बजे देखि वडा कार्यालयको सभाहलमा कार्यक्रम हुने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।