बुढानिलकण्ठ-६ का अध्यक्ष नबिन केसीको प्रयास : पूर्वाधार निर्माण संगै सृजनात्मक अभ्यास

कपन अनलाइन
काठमाण्डौ ,बैशाख ७ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ६  को अध्यक्षमा दोश्रो कार्यकालको लागि दावी गरेका वडा अध्यक्ष नबिन केसी  २०७४ सालको निर्वाचनमा ७५१  मत सहित विजयी बनेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष नबिन केसी वडाको पूर्वाधार विकास र रचनात्मक कार्यलाई निकै प्राथमिकतामा राखेर देखिने गरी काम गरिरहेका वडा अध्यक्ष हुन।
नगरपालिकाका १३ मध्ये २ वडामा मात्र निर्वाचित बनेको नेपाली कांग्रेसका वडा अध्यक्ष मध्ये एक हुन् नबिन केसी। २०७४ शालको स्थानीय तहको निर्वाचन परिणामको विषमतालाई निकै अनुकुलतामा बदलेका केसीले फरक पार्टीका प्रतिनीधि र  प्रदेस सभा सदस्यहरु संग रचनात्मक सहकार्य गरेर वडालाई सम्मुनत र नमुना बनाउन सफल भएका छन।
पुर्व शिक्षक समेत रहेका केसीले वडाको विकासका लागि सांसदहरु संग गरेको सहकार्य र त्यसले ल्याएको परिणाम अहिले नगरपालिकामा निकै चर्चाको विषय बन्ने गरेको छ।
प्राय वडाका निर्माण र अन्य कार्य भएको ठाउमा आफै सक्रिय बनेर काममा लाग्ने अध्यक्ष केसी नियमित निर्माण संगै वडावासीको सुविधाका लागि सधै क्रियाशील रहेने गरेका छनबुढानिलकण्ठ -६ का ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा अहिले हातीगौडा -विष्णुमति सडक ,तल्लो पासिकोट -कपुर चोक – लुड़े खोला सडक ,खत्रीगाउँ -शिव मन्दिर -टोखा सडक ,डठुगाउँ -लुड़ेखोला सडक ,टोखा जोड्ने उपकार मार्ग सडक लगायतका ठुला पूर्वाधार निर्माण सम्पन्न गर्ने चरणमा रहेका छन भने अन्य सयौ साना भित्रि सडक निर्माण पनि सम्पन्न भएका छन।
त्यस्तै वडा नं ६ मा च्यासिनडोल पार्क निर्माण अन्तिम चरणमा पुगेको छ भने प्रदेस सरकारको सहयोगमा १० रोपनी जग्गामा फलफुल पार्क निर्माणको प्रक्रिया अगाडी बढेको छ।
त्यस्तै भद्रकाली आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न गरेको वडा नं ६ ले खड्का गाउँमा न्युज भिजन युवा क्लवको सामुदायिक भवन पनि निर्माण सम्पन्न गरिसकेको छ।
वडाको विकासमा केवल भौतिक पूर्वाधार मात्र पर्याप्त नहुने बताउदै आएका अध्यक्ष केसीले वडामा रचनात्मक कामलाई पनि निकै प्राथमिकतामा राखेर अगाडी बढाएका छन।
विद्यार्थीहरुका लागि बिदामा नृत्य प्रशिक्षण,जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य जांच तथा सामाग्री प्रदान,योजना तथा कार्यक्रमहरुका लागि नियमित सरोकारवाला संग अन्तरक्रिया जस्ता अभियानलाई सफलतापुर्वक अगाडी बढाएको वडा नं ६ ले स्वास्थ्य स्वयंसेविका मार्फत घरमै पुगेर प्रेसर लगायत जांचलाई पनि प्राथमिकतामा राखेर निरन्तरता दिएको छ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले स्थानीय जात्रा ,पर्व तथा मठ मन्दिरहरुको प्रवर्धनमा विशेष योजना बनाएर अगाडी सारेको छ भने युवाहरुको विकासका लागि पनि सहभागितामुलक कामलाई पनि प्राथमिकतामा राखेको छ ।
तपाइँको प्रतिक्रिया ।