बुढानिलकण्ठका प्रमुख उद्दव खरेलको प्रभावशाली प्रतिवाद ,प्रमुख पदका आकांक्षीहरु माथि हावी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा भएको प्राइम टाइम टिभीले आयोजना गरेको स्थानीय तह निर्वाचन विशेष कार्यक्रमा भएको छलफलमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल प्रमुख पदका अन्य आकांक्षीहरु माथि हावी देखिएका छन।

साविक चपली गाविस अध्यक्ष र नगर प्रमुखका रुपमा १० वर्ष जनप्रतिनिधिको अनुभव संगालेका खरेलले छलफलमा अन्य आकांक्षी तथा  स्थानीयहरु (राजनीतिक दलका कार्यकर्ताहरुको बाहुल्यता ) को प्रश्नको जवाफ दिदै नगरपालिकाको दरिलो बचाउ गरेका थिए।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र नगर प्रमुखका स्वतन्त्र उम्मेदवारहरुको सहभागितामा पत्रकार ऋषि धमलाले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक जग्गा संरक्षण,स्वास्थ्य ,शिक्षा र सुशासनका विषयहरुमा नगर प्रमुख खरेललाई प्रश्न गरिएको थियो।

राजनीतिक दल संगै एक दुई जना बाहेक सबै सहभागीका  विभीन्न विषयमा केन्द्रित रहेर प्रश्नको प्रहारलाई प्रमुख खरेलले तर्क ,तथ्य ,तथ्यांक र शैदान्तिक आधारमा परिपक्व प्रतिवाद गरेका थिए।

नेपाली कांग्रेसले उठाएको साविक खड्का भद्रकाली गाविसको सार्वजनिक जग्गा मिलान र वडा नं १३ को बालुवा प्रसोधन केन्द्र र महालेखा कार्यालयको प्रतिवेदनको विषयमा प्राथमिकताका साथ उठाएको प्रश्नमा सो जग्गा गाविस कालिन अवस्थामा मिलान भएको र हालसम्म प्रतिवेदनमा आएको जानकारी दिएका थिए।

त्यस्तै बालुवा प्रसोधन केन्द्रलाई अनुमति नदिएको र गैरकानुनी भए  सो केन्द्र कारवाहीका लागि भागीदार हुने बताउदै महालेखा कार्यालयको प्रतिवेदनका वारेमा पनि धेरै नीतिगत र प्रक्रियागत कुरा भएकोले छलफलमा रहेको बताउदै प्रश्नको प्रतिवाद गरेका थिए।

त्यस्तै तालिम र बजेटमा आफ्ना कार्यकर्ताहरुलाई मात्र मौका दिनुभयो नि ? भन्ने स्थानीयको प्रश्नमा कतिपय राजनीतिक दलका कार्यकर्ता र स्थानीय नेताहरु एमालेको सरकार छ भनेर आउदै नआउने रोग बढेकोले पनि समानुपातिक बजेट वितरणमा समस्या परेको बताउदै खरेलले राम्रा र रचनात्मक योजना लिएर नगरपालिका आएका कुनै पनि व्यक्ति र समुह खाली हात नफर्केको दावी समेत गरेका छन।

त्यस्तै अन्य प्रश्नमा पनि प्रमुख खरेलले  निकै दरिलो प्रतिवादमा उत्रिदै नगरपालिकाले पाँच वर्षमा गरेको काम र उपलव्धिहरुका वारेमा बचाउ गरेका थिए।

सो कार्यक्रममा प्रमुख खरेल संगै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ का सभापति श्याम बहादुर खड्का , नेकपा एकीकृत समाजवादीका काठमाण्डौ उपसचिव धुर्व राज न्यौपाने , नेकपा माओवादी केन्द्रका बागमती प्रदेस सदस्य डम्बर अधिकारी र नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार सुमित खरेलले आफ्ना योजना र विचारहरु राखेका थिए।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।