गोकर्णेश्वर -३ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता जन्जित केसीको दावी

कपन अनलाइन

काठमाडौं,बैशाख ६ । स्थानीय सरकारका जनप्रतिनिधी कस्ता चयन गर्ने भन्ने विषयमा जनतामा चासो र चिन्ता पनि छ । जनता प्रति ईमानदार जनताको सेवक समग्र समाजको भावी रणनिती र विकास गर्न सक्ने एक कुशल नेतृत्व चयन गर्न जनता आतुर रहेका छन । यसै बीच गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षमा इकाई सचिव जन्जित केसीले  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागि दाबी गरेका छन  । विभिन्न पार्टीबाट यस वडाको वडा अध्यक्ष पदका लागी दर्जन बढी आकाक्षी छन् ।

अझ रोचक त एउटै पार्टीबाट आधा दर्जन भन्दा बढी यस वडाको अध्यक्ष पदका लागी आकाक्षी देखिएका छन । दर्जन भन्दा बढी आकांक्षीहरूको भिडमा अहिले गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा जन्जित केसीको नाम चर्चामा रहेको छ । नेतृत्व क्षमता, सामाजिक कार्यमा सकृयता, जनगुनासो सुन्ने र समस्या पहिचान गर्दै समाधानमा लाग्ने, मिलनसार, सहयोगी स्वभाव अनि अग्रजप्रतिको सम्मान र अनुजप्रति उनले देखाउने प्रेम, वडा अध्यक्ष पदको लागि मुख्य कडी बन्ने देखिन्छ ।युवाहरू माझ परिचित र प्रिय भएकै कारण पनि उनको बढी चर्चा भएको हो ।

विभिन्न सामाजिक संघ संस्थामा आवद्द हुदै सामाजिक क्रियाकलापमा सक्रिय रहेका केसीले विकट बस्तीलाई निकट गर्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पु-याउन, पर्यटन प्रबद्र्धनका लागि पूर्वाधार विकासलाई प्रथामिकता दिएर अघि बढ्ने उनको योजना  रहेको छ । पार्टीले अबसर दिएको खण्डमा आफु वडाको नेतृत्व लिन तयार भएको केसी बताउँछन् ।

सानै उमेर देखि सामाजिक काममा लागेका  केसी सरल स्वभावका सबैसँग मिलनसार रहेकोले उनलाई राजनीतिमा होमिन समर्थकहरू दबाब रहेको उनि बताउछन  । समाजका हरेक क्रियाकलापमा साथ दिदै आएकाले पनि जनताले साथ दिने उनको भनाई छ । समाज र जनभावना अनुसार सभ्य र विकसित समाज निर्माणमा युवा भुमिका महत्वपूर्ण हुने र युवा नेतृत्व आजको आवश्यकता रहेको भन्दै वडा अध्यक्ष पदमा उम्मेदवारी दिने उनले बताएका छन । उनि थप्छन वडामा विकास प्रेमीको खाँचो रहेको हुँदा आफ्नो अध्यक्ष पदमा दाबी रहेको बताउने केसीले यसपटक पार्टीले आफूलाई टिकट दिए अध्यक्ष पदमा विजयी हुने उनि  बताउँछन ।

तपाइँको प्रतिक्रिया ।