गोकर्णेश्वर- ८ को अध्यक्षमा नेपाल सुशासन पार्टीको तर्फ बाट आदर्श क्षेत्रीको उम्मेद्वारी घोषणा

गोकर्णेश्वर- ८ को अध्यक्षमा नेपाल सुशासन पार्टीको तर्फ बाट आदर्श क्षेत्रीको उम्मेद्वारी घोषणा

कपन अनलाइन

काठमाडौँ,बैशाख ४। गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाल सुशासन पार्टीको तर्फ बाट आदर्श क्षेत्रीले उम्मेद्वारी दिने भएका छन ।पूर्वडिआइजी रमेश  प्रसाद खरेलको नेतृत्वमा स्थापित भएको नेपाल सुशासन पार्टी को तर्फ बाट २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा अध्यक्ष पदमा उमेम्द्वारी दिने घोषणा गरेका हुन। शनिबार  गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी सानोपुलमा आयोजित उम्मेदवार घोषणा तथा परिचयात्मक कार्यक्रममा उनले उमेद्वारी दिने घोषणा गरेका हुन ।

उक्त कार्यक्रममा नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष पूर्व पूर्वडिआइजी रमेश प्रसाद  खरेल सहित स्थानीयको उपस्थिति रहेको थियो । उम्मेदवारी घोषणा सभामा बोल्दै आदर्श क्षेत्रीले   राजनीति सेवा हो पेशा होइन भन्ने कुरामा सुशासन पार्टी दृढ रहेको जानकारी दिदै  क्षेत्रीले आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर ८ बाट अध्यक्ष पदको लागि  उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन ।

नेतृत्व उमेर वा विरासतले होईन, विचार र क्षमताले हासिल हुन्छ भन्ने विचार राख्ने क्षेत्री रत्न राज्य क्याम्पस बाट राजनीति शास्त्रमा स्नातकोत्तर गरिरहेका छन ।  राजनीति संगै बिभिन्न संघ संस्थामा आवद्द हुदै समाजसेवामा सक्रिय रहेका  क्षत्री युवा व्यवसायी समेत हुन । घोषणा सभामा अग्रज नेतालाई सम्मान गर्दै युवाको साथ लिएर आफू वडा अध्यक्ष  बनेर सामाजिक सेवा गर्न सोच बनाएको उनको भनाई रहेको थियो  ।समाज रुपान्तरमा युवाको भुमिका महत्वपूर्ण हुने भएकाले वडाको समग्र विकास गर्न आफू सक्षम र सवल रहेको हुँदा  जित्ने  दरिलो आधार रहेको धारणा ब्यक्त गरेका छन।

यो समय समाजमा फरक सोच राख्ने ब्यक्तिहरुको लागि पनि सर्बेक्षणको समय हो । यो समय मत मात्रै  होइन मनको सर्बेक्षण गर्ने पनि समय हो ।’क्षेत्रीले भने ‘नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो, त्यसैले आफुले नेपाल सुशासन पार्टीको तर्फ बाट  मकैको घोगा चुनाब चिन्ह लिएर गोकर्णेश्वर नगरपालिका वडा  नं ८ मा  अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेको जानकारी गराएका थिए । आफु निर्वाचित भएमा  विज्ञसहितको टोली बनाएर दीर्घकालीन सोचका साथ वडा तथा नगरको विकासमा  अघि बढ्ने उनको योजना  रहेको जानकारी गराए ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।