बुढानिलकण्ठ-९ मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत ,को को छन उम्मेदवार ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २९  ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९  ले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत सिफारिस गरेको छ।

वडा नं ९   मा भएको संगठित सदस्य भेलाले  अध्यक्षमा नेकपा एमालेका  सुमित्रा त्रिपाठी पाण्डे  र महिला सदस्यमा भगवती थामी   सर्वसम्मत सिफारिस भएका छन भने सदस्यमा दिपेन्द्र   थिङ्ग र महेन्द्र श्रेष्ठको नाम सर्वसम्मत सिफारिस गरिएको छ।

स्थानीय तहको निर्वाचनका लागि दलित  महिला सदस्यमागंगा माया नेपाली सर्वसम्मत सिफारिस भएकी छन   ।

तपाइँको प्रतिक्रिया ।