यस्तो छ आजको मौसम पूर्वानुमान
कपन अनलाइन
काठमाण्डौ , चैत्र २८ ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश –१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।