बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा द्वारा पदभार ग्रहण

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा द्वारा पदभार ग्रहण

कपन अनलाइन

काठमाडौँ,चैत्र २९ ।   नेपाल सरकार संस्कृती ,पर्यटन तथा नागरिक उडडयन् मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट  बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा राजकुमार लामा नियुक्त भएका छन भने सोहि समितिको   कार्यकारी निर्देशकमा  नयन कुमार लामा नियुक्त भएका छन।  दुवै पदाधिकारीले सोमबार    समितिको केन्द्रिय कार्यालय बौद्धमा पुगी लामाद्वयले पदभार ग्रहण  समेत गरेका हुन्  ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष लामाले आफुले दोस्रो कार्यकाल समाल्न पाउनु ब्यक्तिगत रुपमा खुशी लागेको धारणा  व्यक्त गर्दै सस्थागत व्यवस्थापन तर्फ आफ्नो टिमको ध्यान जाने बताएका छन   ।   उनले आफ्नो कार्यकाल अबधीमा आर्थिक पारदर्शिता र भ्रष्टाचार जन्य गतिविधि हुन नदिने बचन बद्दता समेत गरेका छन  ।कार्यक्रममा  नव न्युक्त कार्यकारी निर्देशक नयन कुमार लामाले प्रशासनिक गतिविधि चुस्त र दुरुस्त बनाउन लागिपर्ने प्रतिबद्धता व्य्क्त  गर्दै कर्मचारीलाई सामुहिक भावना अनुरुप काम गर्न  निर्देशन समेत दिएका छन ।   पदभार ग्रहण  गरे लगत्तै बसेकोसमितिको  पहिलोपटक बैठकले बौद्ध क्षेत्रलाई व्यवस्थित गर्ने र वैशाख २ गते  संचालन हुने तेमाल जात्रालाई व्यवस्थापन  गर्न मुल समिति गठनको निर्णय गरेको छ।

तपाइँको प्रतिक्रिया ।