राजनीतिक इनिंगको डेब्युमै डोर प्रसाद आचार्यको “सतक”
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २७।
क्रिकेट खेलमा पहिलो खेल खेल्ने खेलाडीले सतक बनाउने घटनालाई निकै महत्वपूर्ण मानिन्छ।
यहि खेललाई राजनीति संग तुलना गर्दा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसका तर्फबाट सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनेर डोर प्रसाद आचार्यले राजनीतिक इनिंगमा “सतक” हानेका छन।
लामो समय शिक्षण पेसामा सक्रिय रहेर सेवानिवृत भए संगै राजनीतिमा आएका आचार्यको नाम बुढानिलकण्ठ नगरपालिकाको सबै भन्दा ठुलो र धेरै मतदाता भएको वडामा अध्यक्षका रुपमा सर्वसम्मत सिफारिस हुँदा अहिले क्रिकेट खेलको रोचक प्रसंग संग तुलना गरेर चर्चा हुन् थालेको छ।
वडा नं १० का पुराना र अग्रज नेताहरुको समर्थनमा महत्वपूर्ण वडामा सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका आचार्यले यस अघि नेपाल शिक्षक संघमा रहेर पनि लामो समय सम्म योगदान पुर्याएका थिए।
बाल उद्दार नमुना मावीका पुर्व प्रधानाध्यापक रहेका उनले कपन बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखका रुपमा कार्यरत रहेका थिए।
विभिन्न संघ संस्थाहरुमा रहेर सामाजिक क्षेत्रमा पनि क्रियाशील रहेका उनि जुगल इन्ग्लिश मिडियम स्कुलका व्यवस्थापन समिती अध्यक्ष समेत हुन्।