पत्रकार घिमिरेलाई भारतबाट धम्की, पत्रकार महासंघद्धारा भर्त्सना

पत्रकार घिमिरेलाई भारतबाट धम्की, पत्रकार महासंघद्धारा भर्त्सना

काठमाडौं, वैशाख २६ – भूकम्प गएपछिका दौरानमा सम्प्रेषित समाचारहरुका प्रसंग बारे वरिष्ठ पत्रकार युवराज घिमिरेलाई भारतीय राजदूतावासका अधिकारीले बिहीबार धम्की दिएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक समेत रहेका घिमिरेलाई दुतावासका अधिकारीले कुटनीतिक मर्यादा विपरित दिएको धम्कीको नेपाल पत्रकार महासंघले भर्त्सना समेत गरेको छ ।

15050924sfsfffffffffffff

घिमिरेलार्इ नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्‍नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचारबारे आपत्ति जनाउदै धम्की दिएका थिए ।

महासंघका महासचिव उजिर मगरले निकालेको विज्ञप्तीमा ‘विनाशकारी भूकम्पबाट प्रभावित हुँदा पनि देश र जनतालाई सू सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटी दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्मविपरित आरोपित गरिनु निन्दनीय छ’ भनिएको छ ।

नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगत रुपमा आरोप लगाइनु नेपाली मिडिया तथा प्रेस अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको पनि महासंघले विज्ञप्तीमार्फत स्पष्ट पारेको  छ ।

सोही घटनाको सत्यतथ्य छानबिन गर्न र कुटनीतिक पहलबाट संस्थागत धारणाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पनि महासंघको विज्ञप्तीमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।