गोकर्णेश्वर नगरपालिका वडा नं ६ अध्यक्ष : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाडौँ, चैत्र २२। २०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै गोकर्णेश्वर नगरपालिका वडा नं ६ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा अध्यक्ष मात्र जितेको सो वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ ।
नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ६ को अध्यक्ष पदमा दावी गर्न सक्ने सम्भावित नेताहरुको वारेमा चर्चा परिचर्चा सुरु भएको छ। नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ६ को अध्यक्ष पदमा दावेदारी दिन सक्ने सम्भावित नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. रमेश अर्याल
गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वर्तमान वडा अध्यक्ष रहेका रमेश अर्याल आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रबल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १५ सय ६० मत सहित वडा अध्यक्षमा निर्वाचित भएका अर्याल राजनीति संगै सामाज सेवा र वडाको विकास निर्माणमा सक्रिय रहेका छन। उनि नेपाली कांग्रेसका पुर्व इकाई सभापति समेत हुन ।
२. दिपक लामा
नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ६ का इकाई सभापति दिपक लामा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ६ को अध्यक्षमा बलियो दावेदारका रुपमा रहेका छन। राजनीति संगै व्यवसाय र सामाजिक अभियानमा पनि उत्तिकै सक्रिय रहेका छन।
३. गोबिन्द काफ्ले
नेपाली कांग्रेस बागमती प्रदेश महाधिबेसन प्रतिनिधि गोबिन्द काफ्ले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ६ को अध्यक्षमा बलियो दावेदारका रुपमा रहेका छन। लामो समय देखि लायन्स क्लबमा आवद्द हुदै सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेका काफ्ले व्यवसाय र सहकारी अभियन्ता समेत हुन । बिभिन्न संघ संस्थामा आवद्ध हुदै विकास निर्माणको साथै राजनीति र सामाजिक सेवामा समेत सक्रिय रहेका छन ।
४. प्रेम खड्का
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रेम खड्का आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ६ को अध्यक्षमा दावेदारका रुपमा रहेका छन। लामो समय देखि लायन्स क्लबमा आवद्द हुदै सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेका खड्का बिभिन्न संघ संस्थामा आवद्ध हुदै राजनीति समाजसेवामा पनि उत्तिकै सक्रिय रहदै आएका छन ।