बुढानिलकण्ठका प्रमुख पदका दावेदार कांग्रेसका पुराना नेता आत्माराम पौडेल किन मौन छन ?

कपन अनलाइन

काठमाडौँ, चैत्र २२।

झन्डै दुई बर्ष लामो कोरोना महामारी र रसिया युक्रेन युद्धले सृजना  गरेको जटिल राजनीतिक सामाजिक र आर्थिक अवस्था बिच मुलुक एकाएक स्थानिय निर्वाचनको माहोल भित्र प्रबेश गरेको छ ।

सरकार पक्षिय दलहरु गठबन्धन  गरेरै निर्वाचनमा जाने निर्णयमा पुगेपछी सबै राजनीतिक दलहरुका स्थानिय नेता तथा कार्यकर्ता बिच अस्वस्थ होडबाजी पनि बढदै छ ।

स्थानिय निर्वाचनमा बिभिन्न पदमा हाल देखिएका आकांक्षीहरुले अधिकांस पदहरुमा आफु साचिकै योग्य छु या छैन ? भन्नेसम्म नसोची उम्मेदवारी घोषणा गरिरहेका छन।

अहिले उम्मेदवारी  घोषणाको होडबाजी देख्दा साधारणतया जनताले कुनै व्यक्ति पदीय जिम्मेवारीमा राम्रो या लोकप्रिय मान्छे भनेर पहिचान गर्दै यो या त्यो पार्टीबाट प्रतिस्पर्धा गरे हुने भन्ने  मौका पाउने संकेत सम्म देखिएको छैन।

उम्मेदवारी घोषणाको यो सिलसिलामा प्रधानमन्त्री शेर बहादुर देउवाको बसोबास रहेको बुढानिलकण्ठ नगरपालिकामा पनि  उनकै पार्टीका स्थानिय नेता वा कार्यकर्ताले गरेको उम्मेदवारी घोषणा उदेक लाग्दो र फरक देखिएको छ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली नेकपा एमालेमा पनि  उम्मेदवारी दावी र घोषणा गर्न पार्टीले कडा निर्देशन दिए संगै जनप्रतिनिधि ,नेता तथा कार्यकर्ताहरु उकुस मुकुस र उद्देलनको अवस्थामा रहेका छन।

नेकपा एमालेका आकांक्षी नेता तथा कार्यकर्ताहरु आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गर्न लालायित भएपनि नबोलौ उत्कट इच्छा र बोलौ एरेना आउट बनिएला भन्ने डरको विषम अवस्थामा रहेका छन।

पार्टीको इतिहास,विगतको योगदान,पृष्ठभूमि र पार्टी जीवनको निरन्तरताको आधारमा उम्मेदवारी चयन र आन्तरिक प्रतिस्पर्धा हुने राजनीतिक प्रचलन र संस्कार अहिले हराउदै गएको महसुस हुने गरेको धेरै पुराना नेताहरुले चर्चा गर्ने गरेका छन।

केहि लामो समय जनप्रतिनिधि रहेका ,केहि निर्वाचन लडेर पराजित बनेका सहित केहि नयाँ र युवाहरुले समेत नगर प्रमुख पदमा दावेदारी गरिरहेको अवस्थामा लामो समयजनप्रतिनिधिको अनुभव बटुलेका पुराना नेता भने अहिले मौन देखिएका छन।

साविक कपन गाउँपंचायत र गाविसका अध्यक्ष रहेर कपन क्षेत्रमा विकासको प्रारम्भिक खाका कोरेका पौडेल क्षेत्रीय सभापति,जिल्ला कमिटी सदस्य र ट्रेड युनियनमा लामो समय योगदान दिएका नेता पौडेललाई यो मौनताका वारेमा कपन अनलाइनले प्रश्नगरेको थियो।

कपन अनलाइनको प्रश्नमा पौडेल भन्छन, ” समाजको बिकास गरेर जनताको रोजीरोटीको सवालसँग जोडीएर राजनिती र सामाजिक काम गर्दै आएको म जस्ता मान्छेले पार्टीमा टिकट पाउन असम्भब जस्तै देखेर चुप बसेको हुँ।”

नेता पौडेल थप्छन ,”पार्टीका पहुँचवाला नेतालाई अरुको बारेमा चुक्ली लगाई रहनुपर्ने जनताको सेवा भन्दा पहुँचवालाको सेवा धेरै गर्नु पर्ने भएपछी आफ्नो उम्मेद्बारीको बारेमा नबोलेको हुँ । हेरौ पहिला पहिला जस्तै अस्वस्थ प्रतिस्पर्धा नगरि कामको मुल्यांकन गर्दै  धेरै मत ल्याउन सक्छ त्यसको  मुल्यांकन गर्दै सेवा गर्ने मौका मिलेछ भने ठिकै छ, नत्र चुप बस्नु नै उचित ठानेको छु ।”

उनी थप्छन,” पार्टीमा योगदान कती छ कस्ले समाजको लागि कती काम गरेको छ त्यो हेर्नुको सट्टा अग्रजको खिल्ली उडाएर अगाडि बढिने भ्रम पार्टी भित्र बिकास भयो । अब हेरौ के हुन्छ ? ”

नगर प्रमुख पदमा दावेदारी गर्ने दौड र प्रतिस्पर्धा चलिरहेको समयमा मौन बसेका आत्माराम पौडेल काठमाण्डौ क्षेत्र नं ४  र बुढानिलकण्ठ नगरपालिकामा विकासप्रेमी नेताका रुपमा परिचित छन्।

हालको बुढानिलकण्ठ नगरपालिका भित्र मात्र आफ्नै पहलमा ५ वटा सरकारी बिद्यालय स्थापना गर्नुका साथै   शिवपुरी खानेपानीलाई कपन क्षेत्रमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका पौडेलले  कपन क्षेत्रमा प्रहरी चौकी स्थापना, स्वास्थ केन्द्र स्थापना,पुल र सडक निर्माण सहित युवा शशक्तिकरण र रोजगार सृजना जस्ता विषयमा पनि योगदान दिएका छन।

४८२४७  मतदाता रहेको पूर्वाधार र मानव श्रोतमा बैभवशाली बुढानिलकण्ठ नगरपालिकामा विभिन्न पदका लागि नसस सदस्य सम्म अनुभव नभएकाले समेत अवसर खोजिरहेको र पुराना अनुभवीले इतिहासको लगानी लागुगर्न पाउनुपर्ने माग गरिरहेको समयमा नगर प्रमुख पदका प्रवल दावेदार पौडेल भने उम्मेदवारी  दिने बिषयमा पार्टीले निस्पक्ष मुल्यांकन नगरेको, भन्दै मौन छन ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।