बुढानिलकण्ठ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका अच्युत पौडेलको दावी

बुढानिलकण्ठ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका अच्युत पौडेलको दावी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २२।

वैशाख ३० गते हुनलागेको  स्थानीय निर्वाचनमा बुढानीलकण्ठ नगरपालिकाको प्रमुखको पदमा नेपाली कांग्रेसका नेता अच्युत पौडेलले दावी गरेका छन।

साविक कपन गाविस हुँदा २०४९  र २०५४ सालको स्थानीय निर्वाचनमा वडा नं७ को वडाध्यक्ष निर्वाचित भएर  जिम्मेवारी बहन गरेका पौडेल राजनैतिक मात्र नभएर शिक्षा क्षेत्रमा पनि सक्रिय रहेका छन।

२०४९ साल र २०७४ सालमा यज्ञमति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष , बालकुमारी स्कुलको संस्थापक अध्यक्ष रहेर कार्य गरेका पौडेलले सहयोगी मावी गोकर्ण, बालउद्धरण मावी र जन जागृति माविको पनि उनी विद्यालय व्यवस्थापन समिती सदस्यमा रहेर कार्य गरेका छन्।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा झिनो मतले पराजित बनेका पौडेल बुढानिलकण्ठ नगरपालिकामा सक्रिय विकास प्रेमी नेताका रुपमा परिचित छन।

तपाइँको प्रतिक्रिया ।