चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लिला बहादुर कटवालको चर्चा

चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लिला बहादुर कटवालको चर्चा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २२।

२०७९ साल बैशाख ३० गते हुने स्थनीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फ बाट लिला बहादुर कटवाल उम्मेदवार बन्ने चर्चाले गाउँपालिकाको राजनीतिक माहोल निकै तातेको छ।

चम्पादेवी गाउँपालिकाका धरै नेताहरुले अध्यक्ष पदमा उम्मेदवारी दिन पाउनु पर्ने भन्दै नेताहरुको दैलो चाहार्ने क्रम तीव्र बनेको समयमा एकाएक कटवालको चर्चाले नेकपा एमालेको राजनीतिमा ठुलो तरंग सृजना गरेको एक नेता बताउछन।

गाउँ पालिकाको चर्चित ज्ञान प्रकास मावीमा लामो समय सम्म प्रधानाध्यापक रहेर सो क्षेत्रको शैक्षिक जागरण र सामाजिक विकासमा योगदान दिएका कटवाल यस पटकको निर्वाचनमा अध्यक्ष पदका बलिया दावेदारका रुपमा रहेका छन।

अहिले केहि नेताहरुले आफुलाई यज्ञराज सुनुवार,अम्बिर गुरुङ,बालकृष्ण ढुंगेल र किशोर अधिकारीको मान्छे भन्दै अध्यक्ष पदको टिकट ल्याउने भनेर हल्ला गर्दै हिडे पनि  कटवाल संगै २०७४ सालमा अध्यक्ष पदका उम्मेदवार हरी घिमिरेको पल्ला निकै भारी रहेको आंकलन गर्न थालिएको छ।

अहिले गाउँपालिकामा आफुलाई उम्मेदवार भनेर केहि नेताहरुले घोषणा गर्दै हिने पनि पार्टी नेतृत्वले कम्युनिस्टको प्रचण्ड जनमत हुँदा हुँदै पनि पराजित हुनुपरेको तितो यथार्तलाई गम्भीर रुपमा अध्ययन गरेर उम्मेदवार चयन गर्ने एक जिल्ला सदस्यले बताएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।