गोकर्णेश्वर नगरपालिकामा “वृहत् राष्ट्रिय हास्य व्यङ्ग्य कविता प्रतियोगिता” सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा “वृहत् राष्ट्रिय हास्य व्यङ्ग्य कविता प्रतियोगिता” सम्पन्न

कपन अनलाइन

काठमाडौँ, चैत्र १९ । गोकर्णेश्वर नगरपालिकामा  “वृहत् राष्ट्रिय हास्य व्यङ्ग्य कविता प्रतियोगिता” सम्पन्न भएको छ । नेपाली साहित्यिक क्षेत्रको विकासको लागि गोकर्णेश्वरको आरुबारी चोकमा शुक्रबार आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे  रहेका थिए  भने बिशेष अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल, नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,  वडा नं ५ का वडा अध्यक्ष  नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, नगरपालिका  शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य, गीतकार कन्चन पुडासैनी, रमेश खकुरेल, गोविन्द घिमिरे वेदमणि, प्रा. डा. ऋषिराम पोखरेल, डा. विदुर चालिसे कवि अर्जुन पराजुली, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, गायत्री लम्साल, नरनाथ लुइँटेल, नरेन्द्रराज पौडेल, डा. बमबहादुर जिताली कलाकार मनोज गजुरेल, श्रीकृष्ण सिंखडा, राजा राजेन्द्र राजन चौलागाई (खैराते) लगायत स्थानीय साहित्यकार तथा कलाकारहरूको उपस्थिति रहेको  कार्यक्रम संचालन कवि शान्ति रिसालले गरेकी थिइन ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख उप सचिब विजय प्रसाद आचार्यले  स्वागत मन्तब्य राखेको कार्यक्रममा   संयोजक, साहित्यकार एबम  बरिष्ठ पत्रकार विजय चालिसेले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले  अत्यन्तै राम्रा कविता एक सय एक कविता आएका मध्ये छब्बीस कवितालाई प्रतियोगितामा छ्नोटमा पारिएको जानकारी गराएका  थिए ।

कार्यक्रममा वर्णानुक्रम अनुसार अनिल पौडेल कीर्ते -टाँडी मोरङ, इन्दिरा कार्की -कोटेश्वर, ईश्वर केसी -चाँगुनारायण, काशीनाथ मिश्रित -रुरु गुल्मी, गणेशप्रसाद खतिवडा- दूधकोशी सोलु, चन्द्र श्री कार्की -तेह्रथुम, चिरञ्जीवी लामिछाने -हेटौंडा, टेकबहादुर कोइराला -बारपाक गोरखा, तीर्थराज जोशी -डोटी, दीपक घिमिरे- उत्तरगया रसुवा, नवराज चौलागाईं -ललितपुर, पिँडालु पण्डित- काठमाडौँ, वासुदेव ठकुरी-शिवपुरी नुवाकोट, विवश दाहाल- बनेपा काभ्रे, विन्दु दाहाल मूकदर्शक -दमक झापा, भलाद्मी भोला -लिखु ओखलढुंगा, मदन प्याकुरेल -गोकर्णेश्वर, माधव पोख्रेल गोज्याग्रो- गाईघाट उदयपुर, राजाराम श्रेष्ठ -गोदावरी ललितपुर, राजेश पोख्रेल -गोकर्णेश्वर, रामदेव पाण्डे -अर्घाखाँची, रेशम अधिकारी -सुनवल नवलपरासी, रोशन तिमिल्सिना -कास्की पोखरा, सन्तोष खनाल -इमाडोल ललितपुर, संगम संयोग-कास्की पोखरा, संप्रश पौडेल- मनहरि मकवानपुर, शिवप्रसाद आचार्य-नुवाकोटले प्रतियोगितात्मक हास्यव्यङ्ग्य कविता प्रस्तुत  गरेका थिए ।

कार्यक्रममा कवि अर्जुन पराजुली, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, गायत्री लम्साल, नरनाथ लुइँटेल, नरेन्द्रराज पौडेल, डा. बमबहादुर जिताली लगायतले व्यंग्य कबिता बाचन गरेका थिए भने कलाकार मनोज गजुरेल, श्रीकृष्ण सिंखडा, राजा राजेन्द्र राजन चौलागाई खैरांते लगायतको बेजोड हास्यले कार्यक्रम हास्यमय बन्न पुगेको थियो । प्रा.डा.गोविन्दराज भट्टराईको संयोजन युवराज मैनाली र ठाकुर शर्माको तीन सदस्यीय निर्णायक मण्डलले प्रस्तुति र शब्दचयनलाई आधार मानेर छुट्टाछुट्टै नम्बरलाई जोडी बिजेता घोषणा  गरेको थियो ।

प्रतियोगितामा कास्की पोखरा सङ्गम पोखरेल प्रथम  घोषित भए संगै  उनले नगद रु ५० हजार प्राप्त गरे। त्यसै गरि दमक झापाका विन्दु दाहाल मूकदर्शक दितीय भए उनले नगद रु ३० हजार प्राप्त गरे भने  मकवानपुरका संप्रश पौडेल मनहरि तृतीय हुदै नगद रु २० हजार प्राप्त गरे।  प्रतियोगितामा काठमाडौंका कवि पिंडालु पण्डित रुरु गुल्मीका काशीनाथ मिश्रित  र अर्घाखाँचीका रामदेव पाण्डेले सान्त्वना पुरस्कार स्वरूप १० हजार प्राप्त गरे । बिजयी  प्रतियोगीहरुलाई   कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथि तथा नगरपालिका प्रमुख सन्तोष चालिसेले पुरस्कार वितरण गरेका थिए। वरिष्ठ हास्य व्यङ्ग्यकार भैरव अर्याल र यशस्वी साधक रमेश विकलले स्पर्श पाएको माटोमा विगतमा पनि गोकर्णेश्वर नगरपालिकाले साहित्यिक कार्यक्रम गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया ।