टोखा नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रमेश श्रेष्ठको दाबी

टोखा नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रमेश श्रेष्ठको दाबी

कपन अनलाइन

काठमाडौँ, चैत्र १९ ।

स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको  छ । दलहरु पार्टीका संगठन सुदृढ गर्न देखि लिएर आफ्ना कार्यकर्ता बीच भेटघाटमा व्यस्त देखिन्छन् । सबै दलले आफ्नो पार्टी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरिरहेका छन् ।

 गठबंधनका लागि पनि सहमति जुटाउन जुटेका छन् । यस्तैमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र  टोखाले पनि पनि सो कार्यलाई निरन्तरता दिदै भेटघाट र छलफल तिब्र बनाएको छ ।

 टोखा नगरपालिका वडा नं ४  को अध्यक्षमा नेकपा माओवादी केन्द्रका रमेश श्रेष्ठ दावी गरेका छन    । नेकपा माओवादी केन्द्र   टोखा ४ का अध्यक्ष समेत  रहेका श्रेष्ठ  लामो समय देखि राजनीति संगै सामाजिक काममा सक्रिय हुदै आएका छन ।

लायन्स क्लब इन्टरनेसनलको सदस्य हुदै लायन्स क्लबको  बिभिन्न पदमा रहेर सामाजिक तथा मानवीय सेवामा संलग्न रहदै  आएका श्रेष्ठले आउदो स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका वडा नं ४ बाट वडा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन ।

आफू वडामा उम्मेदवार भई निर्वाचित भएको अवस्थामा टोखा नगरपालिका वडा नं  ४ मा सुशासन सहितको विकासको बाटोमा वडालाई  अगाडी बढाउने तथा सो क्षेत्रको  मानव विकास सुचांकलाई वृद्धि गर्दै समुन्नत वडा बनाउने योजना  रहेको बताएका छन ।

उनि  भन्छन ,” अनेकन व्यथित छन्, आवश्यक कानुनहरू अझै निर्माण हुन सकेको छैन,वडालाई चिनाउने गरी काम हुन सकेको छैन, दलिए द्वन्द्वमा वडा अलमलिएको छ, आर्थिक पारदर्शिता छैन, यी लगायत यावत समस्या समाधानका लागि पनि वडा अध्यक्षमा मेरो  उम्मेदवारी हुनेछ  ।”

तपाइँको प्रतिक्रिया ।