टोखा नगरपालिका प्रमुख : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?

टोखा नगरपालिका प्रमुख : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा  टोखा नगरपालिकाको प्रमुख पदमा  कांग्रेसका तर्फबाट आधा दर्जन बढि सम्भावित दावेदारहरु देखिएका छन।

२०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख गुमाएको नेपाली कांग्रेसबाट  टोखा नगरपालिकाको प्रमुख दावेदारी गर्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. हरिहर अधिकारी 

नेपाली  कांग्रेसका  महासमिति सदस्य तथा बागमति प्रदेशका सदस्य हरिहर अधिकारी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट  टोखा नगरपालिका प्रमुखका प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको निर्वाचनमा नगर प्रमुख पदको उम्मेदवार बनेर  ७५१४ मत प्राप्त गरेका अधिकारी राजनीति संगै विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहेका छन।

२.रजनी थापा 

२०७४ सालको स्थानीय तहमा नेपाली कांग्रेसका तर्फ बाट उपप्रमुख पदको उम्मेदवार बनेर ६२ मतले पराजित भएकी रजनी थापा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट  टोखा नगरपालिका प्रमुखका प्रवल दावेदारका रुपमा रहेकी छन।

सो निर्वाचनमा ८०३६ मत प्राप्त गरेकी थापा राजनीति संगै सामाजिक विकासको अभियानमा पनि सक्रिय रहेकी छन।

३. मनिष जोशी 

नेपाली  कांग्रेसका  महाधिवेशन प्रतिनिधि मनिष जोशी पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट  टोखा नगरपालिका प्रमुखका प्रवल दावेदारका रुपमा रहेका छन।

घिल्लो निर्वाचनमा प्रदेश सभाको समानुपातिकका उम्मेदवार रहेका जोशी राजनीति संगै खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन।

४.  बसन्त श्रेष्ठ 

नेपाली  कांग्रेसका  महाधिवेशन प्रतिनिधि बसन्त श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट  टोखा नगरपालिका प्रमुखका प्रवल दावेदारका रुपमा रहेका छन।

नेपाली कांग्रेस टोखा नगर समितीका पुर्व सभापति श्रेष्ठ राजनीति संगै सामाजिक विकासको अभियानमा पनि सक्रिय रहेका  छन।

५.ओमकृष्ण बिमली

नेपाली कांग्रेस टोखा नगर समितिका सभापति ओमकृष्ण बिमली पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट  टोखा नगरपालिका प्रमुखका प्रवल दावेदारका रुपमा रहेका छन।

नेपाली कांग्रेसको १४ औ महाधिवेसन बाट नगर सभापतिमा बिजयी बनेका बिमली राजनीति संगै सामाजिक विकासको अभियानमा पनि सक्रिय रहेका  छन।

६. दीपक राज जोशी 

टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दीपक राज जोशी  पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट  टोखा नगरपालिका प्रमुखका प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १०४६ मत सहित वडा नं २ को अध्यक्षमा निर्वाचित जोशी राजनीति संगै सामाजिक विकासको अभियानमा पनि सक्रिय रहेका  छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।