बुढानिलकण्ठ नगरपालिका प्रमुख पदको उम्मेदवारी दौडमा मिठाराम अधिकारी
कपन अनलाइन
काठमाडौँ, चैत्र १७।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य मिठाराम अधिकारी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख बन्ने दौडमा सक्रिय बनेका छन।
पंचायतकालिन अवस्थामा राजनीतिमा सहभागी बनेर करिव ४ दशक नेपाली कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका अधिकारी २०४९ र २०५४ सालको निर्वाचनमा साविक कपन गाविसको अध्यक्ष पदका उम्मेदवार थिए।
२०४९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार आत्माराम पौडेल संग झिनो मतले पराजित भएका अधिकारीले २०५४ सालको निर्वाचनमा तिनै पौडेललाई पराजित गर्दै कपन गाविसको अध्यक्ष पदमा निर्वाचित बनेका थिए।
कपन गाउँ कमिटी सचिव,जिल्ला कमिटी सदस्य,महाधिवेसन प्रतिनिधि हुदै बागमती प्रदेस कमिटी सदस्य बनेका अधिकारीले विकासप्रेमी नेताका रुपमा परिचय बनाएका छ।
पार्टीले उम्मेदवारीका वारेमा औपचारिक रुपमा नबोल्न निर्देशन दिए संगै आसन्न निर्वाचनमा नगर प्रमुख पदको दावेदारीका वारेमा अनौपचारिक छलफल सुरु गरेका अधिकारी संगै बागमती प्रदेस कमिटीमा बुढानिलकण्ठ नगर प्रमुख उद्दव प्रसाद खरेल र सुकुलाल सुनार (संगम ) रहेका छन।
बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका लागि अधिकारी संगै जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का ,बुढानिलकण्ठ नगर उपप्रमुख रमा राई , नगर प्रवक्ता नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी , वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ , नगर इन्चार्ज लक्ष्मी संग्रौला , नगर कमिटी अध्यक्ष अध्यक्ष प्रदिप डंगोल लगायतको चर्चा रहेको छ।