बुढानिलकण्ठ-१३ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामलाल श्रेष्ठको दावी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामलाल श्रेष्ठले दावी गरेका छन। नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -१३ का पुर्व अध्यक्ष रहेका श्रेष्ठले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा उम्मेदवारी दावी गरेका हुन्।

हाल नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटी सदस्य रहेका श्रेष्ठ वडा नं १३ मा विकास निर्माणका गतिविधिमा निरन्तर सक्रिय रहदै आएका छन।

राजनीति संगै सहकारी र समाजसेवाको क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठ तत्कालिन नेकपाको बुढानिलकण्ठ वडा नं १३ को सचिव समेत रहेका थिए।

साविक चुनिखेल क्षेत्रको धार्मिक तथा सांस्कृतिक प्रवर्धनको अभियानमा महत्वपूर्ण योगदान दिएका श्रेष्ठले नमुना चुनिखेल निर्माणका लागि आफुले उम्मेदवारी दिन लागेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।