बुढानिलकण्ठ नगरपालिका वडा नं ६ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १४।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित ४ सदस्य जितेको यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. नबिन केसी
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष नबिन केसी यस पटक पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहमा ७५१ मत सहित वडा अध्यक्षमा विजयी बनेका केसी रचनात्मक र प्रभावकारी विकास गरेर चर्चा कमाएका वडा अध्यक्ष हुन।
२.विश्व राम खड्का
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का सदस्य विश्व राम खड्का पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहमा ७०६ मत सहित वडा सदस्यमा विजयी बनेका खड्का राजनीति संगै सामाजिक गतिविधिमा पनि सक्रिय रहेका छन।
३.श्याम कृष्ण महर्जन
ढानिलकण्ठ नगरपालिका वडा नं ६ का सदस्य श्याम कृष्ण महर्जन पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहमा ६९२ मत सहित वडा सदस्यमा विजयी बनेका महर्जन राजनीति संगै सामाजिक गतिविधिमा पनि सक्रिय रहेका छन।
६.प्रह्लाद खड्का
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का सभापति प्रह्लाद खड्का पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
विभिन्न संघ संस्थामा आवद्ध खड्का राजनीति संगै सामाजिक सेवामा पनि सक्रिय रहेका छन।