नेपाली कांग्रेस बुढानिलकण्ठले नगरवासीको सुझाव लिएर चुनावी घोषणा पत्र बनाउने

कपन अनलाइन
काठमाण्डौ ,चैत्र १६
नेपाली काँग्रेस बुढानिलकण्ठ नगर समितीले आसन्न स्थानीय चुनावकाे लागि घाेषणापत्र  निर्माणका लागि नगरवासीहरु संग सुझाव लिने भएको छ।
 पेशागत एवम् बुद्धिजिवीहरु समेटेर  समिति बनाएकाे काँग्रेसले चुनाव जिते नगरमा गर्ने कामहरूका बारे विस्तृतरूपमा धारणा बनाउन बनाइएकाे समितिले जनसामान्यसँग पनि सुझाव लिने निर्णय भएकाे नगर कमिटि सभापति राजाराम बुढाथाेकीले बताएका छन  ।
जनताका लागि सम्बाेधन गरेर बन्ने घाेषणा पत्र भएकाले जनता आफ्नै भावना पनि मुखरित हाेस् भनेर जनतासम्म पुग्न लागेकाे उनले बताए ।
यसका लागि नगर कमिटिले सार्वजनिक सूचना प्रकाशित गरेर इमेलमार्फत सुझावहरू संकलन गरिने तथा घाेषणापत्र तयारी समितिले नगरवासीकाे सुझावलाइ सामेल गराउने निर्णय भएकाे नगर सचिव विजेन्द्र श्रेष्ठले बताए ।
घाेषणापत्र बनाउने ७ सदस्यीय तयारी समितिका सदस्यसमेत रहेका श्रेष्ठले घाेषणापत्र बनाउनका लागि आफ्नाे समिति पुर्णरूपमा सक्रिय भैसकेकाे बताए ।
समितिले विभिन्न क्षेत्रका विज्ञ एवम् सराेकारवालासँग भेटघाट शुरू गरिसकेकाे उनले बताए । सचिव श्रेष्ठका अनुसार नगर कमिटिले बनाउन लागेकाे घाेषणापत्र एकदमै वस्तुगत एवम् ५ वर्षमा गर्नै पर्ने तथा गर्न सकिने काममा आधारित हुनेछ । घाेषणापत्र नगर विकासकाे स्वरूप वाेकेर आउने उनले बताए । घाेषणापत्र तयारीका लागि बनेकाे समितिमा दामाेदर खड्का, कृष्णराज विसी, विसुकुमार केसी, केशव पाठक, हरिषचन्द्र केसी, राजेन्द्र बुढाथाेकी, बिजेन्द्र श्रेष्ठ रहेका छन् ।
तपाइँको प्रतिक्रिया ।