अष्ट्रेलियामा पहिलो पटक आतिस्बाजी सहित नेपाली नयां बर्ष मनाइने
कपन अनलाइन
अष्ट्रेलिया ,चैत्र १५। सनातन समाज अष्ट्रेलियाले नव वर्ष २०७९ साललाई भव्य रूपमा स्वागत गर्न विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम मार्फत नेपाल तथा नेपालको विविधताको जानकारी गराउदै विभिन्न जातजातिको सांस्कृतिक नृत्य, पहिरनको प्रदशनी तथा नेपाली खानाको स्टल पनि राख्ने संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
सो कार्यक्रमको विशेष आकर्षणको रूपमा आतिस्बाजी रहेको जनाइएको छ । सम्भवत कुनै पनि विदेशी भुमिमा नेपाली नव वर्ष आतिस्बाजीको साथमा मनाउन लागिएको यो नै पहिलो भएको आयोजक संस्थाको दावी छ ।मुख्यतः सो कार्यक्रमको उद्देश्य नेपाल, यसको विविधता तथा अलग पहिचानसंग यहाँको सरोकारवालाहरुलाई जानकारी गराउंदै नेपालीहरूको लागि नेपाली स्वरूपको मन्दिरको आवश्यकताको बोध गराउनु नै रहेको अध्यक्ष सन्तोष मल्ल तथा सचिव श्री बासु चापागाई द्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
कार्यक्रम मार्फत दिनानुदिन बढ्दै गैरहेको नेपाली समुदायको हकहित तथा समुदायको आवश्यकताको उजागर गरी सरकारी तवरमा निर्माण गरिने नीति नियममा हाम्रो पनि सहभगिता सुनिश्चित गराउने प्रयत्न पनि रहेको विज्ञप्तीमा जनाइएको छ । कार्यक्रमको सफलताको लागि यस क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरु समेतको सहभागितामा एक आपसमा एकताबद्द जनाउँदै सामुहिक रुपमा यस कार्यक्रम मनाउदा सामुदायिक भावना पनि बलियो बनाउने लक्ष्य राखी सबैको साथ सहयोगको अपेच्क्षा राखेको संस्थाले जनाएको छ ।