बुढानिलकण्ठमा गठबन्धनको बैशाखी टेकेपनि,एक्लै आएपनि कसैले एमालेलाई हराउन सक्दैन :डा.राजन भट्टराई

कपन अनलाइन

काठमाडौँ चैत्र १३।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईले बुढानिलकण्ठमा गठबन्धनको बैशाखी टेकेपनि,एक्लै आएपनि कसैले एमालेलाई हराउन नसक्ने बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न ७ वटा वडाहरुमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै डा. भट्टराईले नेकपा एमालेको नेतृत्वमा नगरपालिकाको मुहार फेरिएको जनताले राम्रो संग बुझेको बताउदै विकासका काम र उपलव्धि लिएर जनताको माझमा जान नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।

केपी ओली नेतृत्वको संघीय सरकार ,प्रदेस सरकार र स्थानीय सरकारबाट आएको बजेट र विकास नगरवासीले प्रस्ट देखेको र बुझेको भन्दै डा.भट्टराईले संगठन र जनताको समर्थनका आधारमा पनि बुढानिलकण्ठमा एमाले बलियो रहेको भन्दै आगामी निर्वाचनमा १३ वटै वडामा जित्ने गरी तयारी गर्नुपर्ने बताएका छन।

वितेको ५ वर्षमा बुढानिलकण्ठ नगरपालिकामा देखिने ,महसुस गर्न सकिने दुरगामी महत्वका ठुला पूर्वाधार निर्माण भएको घाम जतिक्कै छर्लङ्ग भएको बताउदै उनले जनताको घर घर पुगेर सघन संवाद र छलफल गर्नका लागि जनप्रतिनिधि र नेताहरूलाई आग्रह समेत  गरेका थिए।

तपाइँको प्रतिक्रिया ।