बुढानिलकण्ठ नगरपालिका वडा नं ११ : नेपाली कांग्रेसको उम्मेदवारमा राधेश्याम कार्की

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ : नेपाली कांग्रेसको उम्मेदवारमा राधेश्याम कार्की

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १२।

नेपाली कांग्रेसले  बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा इकाई सभापति राधेश्याम कार्कीलाई उम्मेदवार बनाउने भएको छ।

नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को बैठकले  कार्कीलाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ११ को वडाध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।

जिल्लादेखि क्षेत्र, नगरका नेताहरुको उपस्थितिमा भएको बैठकले मलाई कांग्रेसको तर्फबाट सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको बताउदै  कार्कीले  पार्टीको निर्देशनमा अव  चुनावी तयारीमा जुट्ने बताएका छन।

वडा नं ११ को विकास र समृद्धिलाई आफ्नो मूल काम बनाउने बताउदै कार्कीले चाडै नै आफ्नो वडा विकासको अवधारणा सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन।

शुक्रवार वडा समितिले बैठकको आयोजना गरेको  बैठकमा नेपाली कांग्रेस नगर सपभाति राजाराम बुढाथोकी, क्षेत्रका सुशिल नाहाटा, महाधिवेशन प्रतिनिधि विनोद चालिसे, अच्युत पौडेल, राजु परियार, क्षेत्रीय कोषाध्यक्ष राम विनोद लामिछाने, क्षेत्रीय सदस्य नवराज खनाल, जिल्ला प्रतिनिधि सदस्य ललितादेवी गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।