नेकपा (एकीकृत समाजवादी ) बुढानिलकण्ठ : बालकृष्ण श्रेष्ठ र धुर्वराज न्यौपाने मैदानमा

नेकपा (एकीकृत समाजवादी ) बुढानिलकण्ठ : बालकृष्ण श्रेष्ठ र धुर्वराज न्यौपाने मैदानमा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १२।

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन माहोल तताए संगै सम्भावित उम्मेदवार र आकांक्षीहरुले दावेदारी प्रस्तुत गर्न थालेका छन।

२०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख सहित ११ वटा जितेको नेकपा एमाले विभाजन भए पश्चात २ वडा अध्यक्ष सहित ८ जनप्रतिनिधि रहेको नेकपा (एकीकृत समाजवादी ) मा पनि उम्मेदवारहरुका वारेमा चर्चा शुरु भएको छ।

सो पार्टीका तर्फबाट आसन्न निर्वाचनमा नगर प्रमुख पदका संभावित दावेदार दुई नेताहरु निकटस्थहरुले सामाजिक संजालमा प्रसंशाका शव्द सहित पोस्ट राखे संगै राजनीतिक माहोल निकै गर्माएको छ।

नेकपा (एकीकृत समाजवादी ) प्रदेस कमिटी सदस्य बालकृष्ण श्रेष्ठको बयान सहित सुवास श्रेष्ठ र जिल्ला कमिटीका उपसचिव तथा क्षेत्र नं ४ का संयोजक धुर्वराज न्यौपानेको गुनगान सहित बिशाल काफ्लेले फेसबुकमा पोस्ट गरे संगै दुई नेता मैदानमा उत्रिएको विश्लेषण हुन थालेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का संयोजक न्यौपाने र क्षेत्र नं ५ का पुर्व अध्यक्ष श्रेष्ठ प्रमुख पदको दावेदारी गर्दै मैदानमा उत्रिए संगै रोचक बनेको नेकपा एस बुढानिलकण्ठको राजनीति गठबन्धनको सम्भावना र अवस्थाले निर्धारण गर्ने एक नेताले बताएका छन।

 

साविक विष्णु बुढानिलकण्ठ गाविसका अध्यक्ष तथा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ र तिन कार्यकाल साविक कपनमा नेकपा एमालेको नेतृत्व गर्दै क्षेत्रीय सचिवमा निर्वाचित भएका न्यौपाने शशक्त दावेदार रहेको बताउदै ति नेताले दुवै जना नगर प्रमुखको लागि शशक्त दावेदार रहेको स्वीकारेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।