निर्वाचन तयारीमा आक्रामक नेकपा एमाले बुढानिलकण्ठ,एकै दिन ९ वडामा प्रशिक्षण तथा भेला
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १२।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले निर्वाचन तयारीलाई आक्रामक बनाएको छ। बुढानिलकण्ठ नगरपालिकाका नौ वटा वडाहरुमा चैत्र १२ गते एकै दिन स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण संचालन गरेको नेकपा एमालेले अव मतदाता र मत सर्वेक्षणलाई प्राथमिकता दिने बताएको छ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं १, २,४ ,५ , ८, ९, १२, ११ र १३ मा भएका स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण दिएका थिए।
त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य नारायण सिलवाल र जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले वडा नं ५ र ६ मा प्रशिक्षण प्रदान गरेका थिए।
केहि समय अगाडी वडा नं ३,४,६ र १० को प्रशिक्षण भेला सम्पन्न गरेको नेकपा एमाले बुढानिलकण्ठमा करिव सय भन्दा टोल कमिटी गठन गरिसकेको नागर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।
वडा नं १२ मा भएको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै डा.राजन भट्टराईले गठबन्धनको बैशाखी टेकेर आए पनि वा एक्ला एक्लै आए पनि बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेलाई हराउन नसक्ने बताएका थिए।
केपी ओली नेतृत्वको संघीय सरकार ,प्रदेस सरकार र स्थानीय सरकारबाट आएको बजेट र विकास नगरवासीले प्रस्ट देखेको र बुझेको भन्दै डा.भट्टराईले तिनै जनपक्षीय कामहरु र भावी योजना लिएर जनताको माझमा जान नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए।
कपन डुवानको समस्याका वारेमा चासो व्यक्त गर्दै उनले वडा नं ८ मा बक्स कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको तर कपन क्षेत्रमा ठेकेदार कम्पनीले ढिलाई गर्नु अर्थपूर्ण रहेकोले कारण खोज्न र बुझ्नका लागि पनि आग्रह गरेका थिए।