नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को इन्चार्जमा निर्मल कुइकेल
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ८ ।
नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई कामको मुख्य केन्द्रविन्दु मान्दै प्रदेशभित्रका ११९ पालिकास्तरमा सङ्गठन सुदृढीकरण र प्रचारप्रसारको योजना तय गरेको छ ।
सोहि योजना अनुसार प्रदेस कमिटीले प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा इन्चार्जहरु तोकेको छ। प्रदेस कमिटीले जारी गरेको सर्कुलर अनुसार काठमाण्डौ क्षेत्र नं ४ मा इन्चार्जको जिम्मेवारी निर्मल कुइकेललाई प्रदान गरिएको छ ।
त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ ( १ ) को इन्चार्ज संगम गहतराज रहेका छन भने ४ ( २ ) को इन्चार्जमा मिठाराम अधिकारी रहेका छन ।
प्रदेश कमिटीले आज सर्कुलर जारी गर्दै तत्कालै प्रदेशअन्तर्गत वडा, पालिका र जिल्लास्तरमा पार्टी काम अगाडि बढाउन, माथिल्लो कमिटीबाट प्राप्त निर्देशन र आफ्ना कमिटीले गरेका निर्णयको कार्यान्वयन गर्न, चैत महिनाभित्र राजनीतिक विषयमा प्रशिक्षण सम्पन्न गर्न आग्रह गरेको हो।