जातीय विभेद विरुद्ध अन्तर्राष्ट्रिय दिवसमा मानव अधिकार तथा शान्ति समाज काठमाडौको अन्तरक्रिया

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ८ ।

जातीय विभेद विरुद्ध अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाको आयोजनामा गोकर्णेश्वर  नगरपालिका स्थित अरुण ज्योति मा. बि, जोरपाटीमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भयो ।

बिधालयका शिक्षक र विद्यार्थी सम्मीलित उत्त कार्यक्रममा शान्ति र समुन्नतिका लागि सामाजिक न्यायको प्रत्याभूति विषयमा समाजका सल्लाहकार उत्तम पुडासैनी महासचिव रामकृष्ण बराल, बिधालय प्रीन्सिपल छेवाङ भुटिया समाजका कोसाध्यक्ष जगन्नाथ पुडासैनीले विषयवस्तु माथि प्रकाश पार्नु भएको थियो ।

७० जना विद्यार्थी र शिक्षकको सहभागिता रहेको कार्यक्रमको सभापतित्व शान्ति समाज काठमाडौ शाखाका सभापति भगवान पुडासैनीले गरेका थिए

तपाइँको प्रतिक्रिया ।