बुढानिलकण्ठ नगरपालिका वडा नं १० अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको जनसंख्यामा नगरपालिकाको सबैभन्दा ठुलो यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. प्रेम धमला
लामो समय देखि नेपाली कांग्रेसमा क्रियाशील रहेका प्रेम धमला आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
राजनीति संगै प्राज्ञिक क्षेत्रमा सक्रिय रहेका धमला विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि आवद्ध रहेका छन।
२.तिर्थराज भट्टराई
लामो समय देखि नेपाली कांग्रेसमा क्रियाशील रहेका तिर्थराज भट्टराई पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
राजनीति संगै सामाजिक सेवामा सक्रिय रहेका भट्टराई विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि आवद्ध रहेका छन।
३.श्याम तिमल्सिना
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १० को सदस्यका उम्मेदवार श्याम तिमल्सिना पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय तिमल्सिनाले २०७४ सालको निर्वाचनमा १०२२ मत प्राप्त गरेका थिए।