बुढानिलकण्ठ नगरपालिका उपप्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगरपालिका उपप्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै  बुढानिलकण्ठ नगरपालिका उपप्रमुखमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा  चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र उपप्रमुख पद जितेको नेकपा एमालेमा उपप्रमुख पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १३१८८ मत सहित विजयीबनेकी रमादेवी राईले नगर प्रमुख पदमा दावी गर्ने संकेत गरे संगै नेकपा एमालेका तर्फबाट उपप्रमुख पदमा दावेदारी दिनसक्ने केहि नेतृहरुका  वारेमा यहाँ चर्चा गरिएको छ।

१. सावित्री  ढकाल ( भट्टराई )

जिल्ला समन्वय समिती काठमाण्डौकी सदस्य सावित्री  ढकाल ( भट्टराई ) आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा  सम्भावित दावेदारका रुपमा रहेकी छन।

२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ७ बाट ५६२ मत सहित सदस्यमा निर्वाचित भएकी ढकाल सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकी छन।

२.दुर्गा थापा  

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ सहइन्चार्ज दुर्गा थापा पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा  सम्भावित दावेदारका रुपमा रहेकी छन।

२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ८ बाट ११४३  मत सहित सदस्यमा निर्वाचित भएकी थापा नगरपालिकाको आर्थिक विकास समितीकी संयोजक रहेकी छन।

३.शान्ता ढकाल ( पुडासैनी ) 

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य तथा कार्यपालिका सदस्य  शान्ता ढकाल ( पुडासैनी ) पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा  सम्भावित दावेदारका रुपमा रहेकी छन।

२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२  बाट १४२१ मत सहित सदस्यमा निर्वाचित भएकी ढकाल  नगरपालिकाको सामाजिक  विकास समितीकी संयोजक रहेकी छन।

४. सुमित्रा त्रिपाठी ( पाण्डे )

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य सुमित्रा त्रिपाठी ( पाण्डे ) पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा  सम्भावित दावेदारका रुपमा रहेकी छन।

२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ९  बाट १०२५  मत सहित सदस्यमा निर्वाचित भएकीत्रिपाठी वडा नं ९ को कार्यबाहक अध्यक्ष रहेकी छन।

५. भगवती निरौला  

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य भगवती निरौला पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा  सम्भावित दावेदारका रुपमा रहेकी छन।

२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११  बाट १२८६ मत सहित सदस्यमा निर्वाचित भएकी निरौला नगरपालिकाको न्यायिक समिती सदस्य हुन।

६. बिन्दा गौतम 

नेकपा एमालेको केन्द्रीय प्रतिनिधि परिषद सदस्य बिन्दा गौतम पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा  सम्भावित दावेदारका रुपमा रहेकी छन।

विभिन्न सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेकी गौतम बुढानिलकण्ठ नगरपालिकाको सल्लाहकार रहेकी छन।

७.देवी रेग्मी  

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य देवी रेग्मी पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा  सम्भावित दावेदारका रुपमा रहेकी छन।

राजनीति संगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेकी रेग्मी नेकपा एमाले बुढानिलकण्ठ -१२ वडा कमिटीकी इन्चार्ज तथा जिल्ला  भूमिहीन तथा सुकुम्वासी संगठनको पनि इन्चार्ज रहेकी छन।

८. निर्मला पुडासैनी ( खड्का )  

नेकपा एमाले काठमाण्डौ जिल्ला प्रतिनिधि परिषद सदस्य निर्मला पुडासैनी ( खड्का ) पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा  सम्भावित दावेदारका रुपमा रहेकी छन।

अखिल नेपाल महिला संघ बुढानिलकण्ठकी अध्यक्ष रहेकी पुडासैनी विभिन्न सामाजिक र विकास निर्माणका कामहरुमा सक्रिय रहदै आएकी छन।

९. सुनिता गुरुङ  

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीकी उपसचिव सुनिता गुरुङ पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा सम्भावित दावेदारका रुपमा रहेकी छन।

नगर अधिवेसनबाट उपसचिवमा निर्वाचित भएकी गुरुङ राजनीति संगै सामाजिक विकासका क्षेत्रमा क्रियाशील रहदै आएकी छन।

नोट : निर्वाचन आयोगले तालिका सार्वजनिक गरे संगै निकै तातेको राजनीतिक माहोलमा उपप्रमुखका अन्य आकांक्षीहरुका वारेमा अर्को शृंखलामा चर्चा गरिनेछ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।