मापसे गर्ने १०६ जना कारवाहीमा

मापसे गर्ने १०६ जना कारवाहीमा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णीमा (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३०० बढि ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको छ ।

दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको थियो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहान देखि नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्येनजर गरेर बिहानै देखि चेकप्वाइन्ट राखि चेकिङ्लाई कडा पारिएको बताए  । उनले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए  ।

“विहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने १०६ जनालाई कारबाहि गरेको छ ।” एसएसपी जोशीले भने , “बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकहरुलाई कारबाही र होल्ड गरिएको छ ।”

उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकल हुईक्याउने, मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानीबढाई कडाईका साथ कारबाहि गरिएको पनि महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।