काठमाण्डौ महानगरपालिका वडा नं ५ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २ ।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै काठमाण्डौ महानगरपालिका वडा नं ५  को अध्यक्षमा  सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा ५ मतले पराजित भएको  नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१.धुर्व थपलिया 

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ५ का संयोजक धुर्व थपलिया आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ५ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

विभिन्न संघ संस्थामा रहेर सामाजिक गतिविधिमा लामो समय देखि सक्रिय रहेका थपलिया २०१७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्ष पदको दावेदार रहेका थिए।

२. गणेश श्रेष्ठ  

नेकपा एमाले काठमाण्डौ महानगर कमिटीका सचिव गणेश श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा नकपा एमालेका  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ५ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १६७५ मत प्याएर ५ मतले वडा अध्यक्षमा पराजित भएका श्रेष्ठ सहकारी ,समाजसेवा र राजनीतिक क्षेत्रमा सक्रिय रहेका छन।

३.बिरेन्द्र प्रजापति  

नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ५ कमिटीका अध्यक्ष बिरेन्द्र प्रजापति पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले  का  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ५ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।लामो समय देखि राजनीतिमा सक्रिय रहेका प्रजापति सामाजिक सेवाको क्षेत्रमा पनि क्रियाशील रहेका छन।

तपाइँको प्रतिक्रिया ।