काठमाण्डौ महानगरपालिका वडा नं ७ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष सहित सबै सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ। सो वडाका वडा अध्यक्ष सहित तिन जना जनप्रतिनिधि नेकपा एसमा गए संगै अहिले वडा अध्यक्षका लागि नयाँ उम्मेदवारहरुको वारेमा चर्चा शुरु भएको हो।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. टिका पराजुली
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ समन्वय कमिटीका सचिव टिका पराजुली काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सचिव समेत रहेका पराजुलीले वडा नं ७ मा संगठन विस्तार संगै सामाजिक र राजनीतिक अभियानको नेतृत्व गर्दै आएका छन।
२. कृष्णमणि भट्टराई
नेकपा एमाले काठमाण्डौ महानगर कमिटी सदस्य कृष्णमणि भट्टराई पनि काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नं ७ को सदस्यमा निर्वाचित भएका भट्टराई राजनीति संगै वडाका विभिन्न सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहदै आएका छन।
३. परमानन्द शाक्य
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य परमानन्द शाक्य पनि काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।
लामो समय देखि सो क्षेत्रमा कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउन सक्रिय रहेका शाक्य विभिन्न सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन।
४.दिपेन्द्र पुडासैनी
नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष रहेका दिपेन्द्र पुडासैनी आसन्न स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।
लामो समय देखि नेकपा एमालेमा सक्रिय रहदै नेकपा एमाले विभाजन संगै वडा कमिटीको नेतृत्व सम्हालेका पुडासैनी शिक्षा क्षेत्रमा पनि सक्रिय रहदै आएका छन।