बुढानिलकण्ठ नगरपालिका वडा नं १० अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

कपन अनलाइन
काठमाण्डौ ,चैत्र १।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा  सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको जनसंख्यामा  नगरपालिकाको सबैभन्दा ठुलो यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका  तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. राम प्रसाद लुइँटेल

नेपली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का सभापति राम प्रसाद लुइँटेल आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा अन्तिम समयमा रेस बाट बाहिर पारिएका लुइँटेल यसपटक सो पदका लागि शशक्त दावेदारका रुपमा रहेका छन।

२. डिल्ली प्रसाद डोटेल ( श्याम )

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १० इकाई समितीका पुर्व सभापति डिल्ली प्रसाद डोटेल ( श्याम ) पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार रहेका डोटेल राजनीति संगै विभिन्न शैक्षिक र सामाजिक गतिविधिमा सक्रिय रहदै आएका छन।

३. नारदमणि घिमिरे  

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १० इकाई समितीका सभापति रहेका नारदमणि घिमिरे पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा इकाई सभापति भएका घिमिरे राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन।

४.डोर प्रसाद आचार्य  

लामो समय सम्म शैक्षिक क्षेत्रमा योगदान दिएका डोर प्रसाद आचार्य आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

शिक्षा क्षेत्र संगै नेपाली कांग्रेसका विभिन्न जन संगठनहरुमा रहेर लामो समय क्रियाशील रहेका आचार्यले सेवा निवृत भए संगै प्रत्यक्ष राजनीतिमा जोडिनका लागि वडा नं १० अध्यक्ष पदमा दावेदारी दिने तयारी गरेको चर्चा अहिले चलिरहेको छ।

 

तपाइँको प्रतिक्रिया ।