युवा संघ नेपाल बुढानिलकण्ठको स्वास्थ्य सिविर सम्पन्न

युवा संघ नेपाल बुढानिलकण्ठको स्वास्थ्य सिविर सम्पन्न

कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।

नेकपा एकीकृत समाजवादी निकट  युवा संघ नेपाल बुढानिलकण्ठको स्वास्थ्य सिविर सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार मावीमा भएको स्वास्थ्य सिविरमा ४१८ जनाले सेवा लिएका थिए।

ओम समाज डेन्टल हस्पिटलको सहयोग र नेकपा एकीकृत समाजवादी वडा नं १० को व्यवस्थापनमा भएको सो स्वास्थ्य सिविरमा २१९ जनाले आँखा र १९८ जनाले दांतको उपचार गरेका थिए।

सो अवसरमा नेकपा एसका काठमाण्डौ उपसचिव तथा क्षेत्रीय संयोजक धुर्वराज न्यौपाने,क्षेत्रीय सचिव पुरुषोत्तम नेपाल , नगर कमिटी अध्यक्ष हरिराम ढुंगाना ,वडा नं १० का अध्यक्ष केदार चौलागाई, युवा संघका केन्द्रीय सदस्य बिष्णु भट्टराई , मेघ कुमार न्यौपाने, रेणुका पराजुली , युवा संघ नगर अध्यक्ष आकाश श्रेष्ठ लगायतको उपस्थिति रहेको नगर सचिव प्रशान्त खनालले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।