ओखलढुंगाका ६ नेता नेकपा एमाले प्रदेस नं १ कमिटीको सचिवालयमा
कपन अनलाइन
काठमाण्डौ,फागुन २३।
ओखलढुंगाका ६ नेता नेकपा एमाले प्रदेस नं १ कमिटीको सचिवालयमा मनोनित भएका छन। आज बसेको नेकपा एमाले प्रदेस नं १ कमिटीको पूर्ण बैठकले जिल्लाका छ जनालाई सचिवालयमा मनोनित गरेको हो।
सो बैठकबाट प्रदेस सभा सदस्य अम्बिरबाबू गुरुङ, संविधान सभा सदस्य सकुन्तला राजभण्डारी , सिद्दीचरण नगरपालिकाका प्रमूख मोहन श्रेष्ठ ,नानीबाबु बुढाथोकी, सुनकोसी गाउँपलिकाकी उपप्रमुख शान्ता ढुंगेल र सरस्वती कार्की(तारा) सचिवालयमा मनोनित भएका हुन्।
नेकपा एमालेको १० औ महाधिवेसनमा ओखलढुंगा जिल्लाका नेताहरु बालकृष्ण ढुंगेल पोलिटब्युरो, यज्ञराज सुनुवार र किशोर अधिकारी केन्द्रिय कमिटी र शंकर बहादुर कार्की लेखा आयोग सदस्यमा निर्वाचित भएका थिए
तपाइँको प्रतिक्रिया ।