बुढानीलकण्ठ नगरपालिका स्तरीय उमा कुङफु हुने

कपन अनलाइन
काठमाडौं, फागुन २३  ।
नेपाल उमा कुङफु संघको आयोजनामा बुढानीलकण्ठ नगरपालिका स्तरीय उमा कुङफु प्रतियोगिता फागुन २८ गते हुने भएको छ ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् । पुरुष÷महिलामा गरी जम्मा १५ स्पर्धा समावेश छन् ।
प्रतियोगिताका खेलहरु बूढानीलकण्ठको कपनमा हुने छ । अध्यक्ष लामा, आयोजक संघका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगर, आयोजक संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईलगायतको टोलीले प्रतियोगिता सञ्चालन गर्ने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ लाग्ने छ ।
प्रतियोगितालाई लक्षित गरी संघको आयोजनामा रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । सहभागीलाई अध्यक्ष लामाले सैद्धान्तिक तथा पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक मगरले प्रयोगात्मक ज्ञान बारे जानकारी गराएका थिए ।
एकदिने सेमिनारमा १७ जना सहभागी थिए । सहभागीलाई अध्यक्ष लामा, पूर्व अध्यक्ष मगर, प्रथम उपाध्यक्ष सन्जीत, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सचिव रमेश महर्जनलगायतले प्रमाण पत्र वितरण गरेका  थिए ।

तपाइँको प्रतिक्रिया ।