नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष पदमा सुर्यबहादुर अधिकारीले उम्मेदवारी दिने

नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष पदमा सुर्यबहादुर अधिकारीले उम्मेदवारी दिने

कपन अनलाइन 

काठमाडौं फाल्गुन २१। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (National PABSON) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय बरिष्ठ उपाध्यक्षपदमा  जोशेफ एजुकेसन नेटवर्क का अध्यक्ष एबम निवर्तमान बरिष्ठ उपाध्यक्ष सुर्यबहादुर अधिकारीले   उम्मेदवारी दिने  घोषणा गरेका छन । उनले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित पुन बरिष्ठ उपाध्यक्ष   पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

सहजतामा मात्र नभई संकटमा पनि साथ निजि बिध्यालय सदैव बालबालिका माझ भन्ने मूल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (National PABSON) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पदमा बरिष्ठ उपाध्यक्ष उम्मेदवारी दिन लागेका हुन । संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन । सो सङ्गठनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।

तपाइँको प्रतिक्रिया ।