भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा

कपन अनलाइन 

काठमाडौँ, फाल्गुन १८।सरकारले भोलि फागुन १९ गते  सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्‌को फागुन १६ गते बसेको  बैठकले बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले  विज्ञप्ति जारि गर्दै सार्वजनिक बिदा  दिन लागिएको उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा  भनिएको छ, ‘ फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

तपाइँको प्रतिक्रिया ।