कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा शनिबार बृहत रक्तदान कार्यक्रम हुने

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा शनिबार बृहत रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं फाल्गुन १८ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा बृहत रक्तदान कार्यक्रम हुने भएको छ। जागरुक युवा समाज नेपाल दोहा कतारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको संयोजनमा २०७८ साल फाल्गुन २१ गते शनिबार बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरबाट  सनसिटी अपार्टमेन्ट पेप्सीकोला टाउन प्लानिङ कागेश्वरी मनोहरा नगरपालिका वडा नं९मा हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।