नेपाल खेलकुद महासंघ सुदुरपश्चिम कमिटीको अध्यक्षमा प्रकाशकुमार चन्द,को को बने सदस्यहरु ?

नेपाल खेलकुद महासंघ सुदुरपश्चिम कमिटीको अध्यक्षमा प्रकाशकुमार चन्द,को को बने सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन २१।

नेपाल खेलकुद महासंघ सुदुरपश्चिम कमिटीको अध्यक्षमा प्रकाशकुमार चन्द निर्वाचित भएका छन् । सोमबार धनगढीमा सम्पन्न प्रथम अधिवेशनले चन्दको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । कराँतेका अन्तर्राष्ट्रिय  खेलाडी, प्रशिक्षकएवं निर्णायकको रुपमा राम्रो छवि बनाएका चन्द नेपाल राष्ट्रिय तथाअन्र्तराष्ट्रिय खेलाडी संघ कैलालीको पूर्व अध्यक्ष र राष्ट्रिय गोजुरीयो कराँते संघका महासचिव हुन ।
बक्सिङ र भलिबलको राष्ट्रिय खेलाडी कोपीला सिंह शाही उपाध्यक्षमा निर्वाचित भईन भने  अर्का भलिबल खेलाडी हिक्मत रावल उपाध्यक्षमा निर्वाचित भए । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदकाबोर्ड सदस्य समेत रहेका कराँतेका प्रकाशविक सचिव चयन भए । त्यसैगरी क्रिकेट खेलाडी सुरेश बोहरा तथा भलिबल खेलाडी कृष्ण रोकाया उपसचिवमा निर्वाचित भए ।
ब्याडमिन्टनको राष्ट्रिय खेलाडी एवं निर्णायक दुर्गा भण्डारी कोषाध्यक्षमा निर्वाचित भईन । भण्डारी नेपाल राष्ट्रिय तथाअन्र्तराष्ट्रिय खेलाडी संघ कैलालीको अध्यक्ष हुन । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय  संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराएका थिए  ।
नेकपा एमालेका सचिव लेखराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट एवं एथलेटिक्सका तेजेन्द्र  थापालाई नगद सहित सम्मान गरिएको थियो  । सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका प्रतिनिधीको सहभागीता रहेको अधिवेशनमा उसुका खेलाडीले खेल कौशल प्रस्तुत गरका थिए ।
नेकोस सुदुरपश्चिमप्रदेश कमिटीः
अध्यक्ष: प्रकाशकुमार चन्द
उपाध्यक्ष: कोपिला सिंह शाही
उपाध्यक्ष: हिक्मत रावल
सचिव:प्रकाश विक
उपसचिव: सुरेश बोहरा
उपसचिव: कृष्ण रोकाया
कोषाध्यक्ष: दुर्गा शर्मा
सदस्यहरु:
मिना जोशी
राजन खड्का
टेकराज सोडारी
अरुण भण्डारी
विनोद मगर
दिपक विनाडी
भुवनेश्वर भट्ट
सुरेन्द्र  विष्ट
रामचन्द्र  कठरीया
हेमकृष्ण रञ्जितकार
प्रेम विष्ट
सागर शाह
दिलबहादुर ठगुन्ना
लक्ष्मण थापा
सुनिलकार्की
दिपेन्द्र  सिंह
सन्तराम डगौरा थुरु
विनोद कुमार स्नेही
किशोर भट्ट
भरत महत
टेक बहादुर बुढा
टेकराज खनाल
विशाल खड्का
विष्णु ओझा
कमल सिंह क्षेत्री बुढा
सरिता साउद
धनबहादुर रोक्का
नैना बोहरा
प्रताप विक
दिपेन्द्र धामी
प्रेम कार्की
चित्र भट्ट
पुष्कर भट्ट
सुनिल नेपाली
निर्प केसी
महेन्द्र  वयक
मुकेश कुँवर
नरेश बोगटी
कृष्ण बोहरा
डम्बर कुँवर
कृष्ण दमाई
दानबहादुर भाट

तपाइँको प्रतिक्रिया ।