नेकपा एमाले काठमाण्डौ-७ को चाबहिल बजार-बहाल-गणेस्थान टोल कमिटी गठन
कपन अनलाइन
काठमाडौं, फागुन १४।
नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ को चाबहिल बजार-बहाल-गणेस्थान टोल कमिटी गठन गरिएको छ। वडा कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीको अध्यक्षतामा भएको भेलाले सचिन शाक्यको अध्यक्षता १९ सदस्यीय टोल कमिटी गठन गरिएको छ।
काठमाडौ जिल्ला कमिटीका सदस्य तथा क्षेत्र नं ४ निर्वाचन समन्वय कमिटीका सचिब टीका पराजुली र जिल्ला कमिटी सदस्य परमानन्द शाक्यले बधाई ज्ञापन गरेको भेलाले सो कमिटीको उपाध्यक्षमा दुर्गा कुइकेल, सचिव चन्द्रमान श्रेष्ठ , उपसचिवमा बलबहादुर सिलवाल र सन्दिपलाल श्रेष्ठलाई चयन गरेको हो।
अहिलेसम्म विभिन्न टोल कमिटी गठन प्रक्रिया अन्तिम अबस्थामा पुगेको र सल्लाहकार, बुद्धिजीवी कमिटी तयारी अबस्थामा रहेको जानकारी दिदै अध्यक्ष पुडासैनीलेले जनबर्गिय संगठन कमिटी गठन पुनर्गठन सकेर एक महिने अभियान जनताको घर घरमा एमाले भन्ने उद्घोषका साथ अगाडि बढ्ने बताएका छन।
नवगठित टोल कमिटीका अध्यक्ष सचिन शाक्यले प्रतिबद्धता मन्तब्य राख्दै देश र जनताको प्यारो पार्टी नेकपा एमालेको माध्यमबाट समाजमा देखिने ढ्ङबाट जनमतलाई कदर गर्दै कमिटीलाई अगाडि बढाउने धारणा राखेका थिए।