उदघोषण तालिम सूरु

समाजको आवाज नामक सामाजीक संस्थाको आयोजना एवं कपन गा.वि.स.को विशेष सहयोगमा आजदेखि उदघोषण तालिम सूरु भएको छ । यस कार्यक्रमलाई उदघोषण, दृष्टीकोण, व्यवहार र क्षमताको विकास तालिम नामाकरण गरिएको छ ।  सो कार्यक्रम कपन–३ स्थीत बाल उद्धार उ.मा.वी. मा जेठको ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रमको उद्देश्य समाजमा रहेका सम्पुर्ण वर्ग (शोषित पिडित, जनजाती, महिला) ले आफ्ना हक र हित एवं व्यक्तित्व विकासका लागी आवश्यक कुराहरु सुस्पष्ट ढङ्गले समाजका हरके तह र तप्कामा राख्न सकुन भन्ने अभिप्रायले आयोजना गरिएको आयोजकले बताएको छ । यस कार्यक्रममा कपन भित्र रहेका विभिन्न महिला समुह, संघ संस्था, सामाजीक व्यक्तित्व एवं राजनितिक दलका प्रतिनिधिहरु प्रशिक्षार्थीको रुपमा रहेको जनाइएको छ । यस कार्यक्रममा करिव ४५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । कार्यक्रमको उद्घाटन समारोहमा कपन गा.वि.सका पुर्व गा.वि.स. अध्यक्ष मिठाराम अधिकारी, एनेकपा माओवादीका सञ्जय अर्याल एवं सुवास राई, नेपाली काँग्रेसका विनोद चालिसे, नेकपा एमालेका धु्र्रवराज न्यौपाने, कपन गा.वि.स.का सह–सचिव श्याम अधिकारी, कपन हेल्थ पोष्टका प्रमुख कामदेव आचार्य को उपस्थिती रहेको थियो । सो अवसरमा कार्यक्रमको सञ्चालन रेडियो प्रस्तोता पुण्य पुडासैनीले गरेका थिए । कार्यक्रमको सभापतित्व समाजको आवाजका अध्यक्ष राजु बस्नेतले गरेका थिए । यस कार्यक्रमको मिडिीया पार्टनरका रुपमा सि.जे. एम. सिं एफ. एम र कपन अनलाईन रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।