जनप्रतिनिधिहरुले गरे सडक ढलान कार्यको स्थलगत निरीक्षण
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १२ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ अर्घौतेशर महादेव” को मन्दिर(पुर्व तर्फको) सडक ढलान कार्यको बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा नगर प्रमुख सन्तोष चालिसे वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडा सदस्य मुकुन्द फुयाल, दुर्गादेवी तिमल्सिना, प्राविधिक टोली , स्थानियवासीहरु लगायतले स्थलगत निरीक्षण गरेका छन ।
बागमती प्रदेश सरकारको विनियोजित बजेट रु १० लाख र गोकर्णेश्वर नगरपालिका वडा नं ५ को विनियोजित बजेट रु ६ लाखमा बागमती प्रदेश साझेदारी कार्यक्रम अन्तर्गत कुल बजेट रु १६ लाखको लागतमा भएको ढलान कार्यको स्थलगत निरीक्षण गरेका हुन। उनीहरुले गुणस्तरीय रुपमा काम गर्न अनुरोध गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।