Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/02/DSC_7737-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर ८ मा कोभिड – १९ जोखिम न्यूनीकरणका लागि एक दिने सचेतना मुलक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, फाल्गुन ११। गोकर्णेश्वर नगरपालिका वडा नं ८ को आयोजना  तथा  बोष्टर मिडियाको सहजीकरणमा कोभिड – १९ जोखिम न्यूनीकरणका लागि एक दिने  सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष समेत रहेका मनोज कुमार ढुंगानाको अध्यक्षतामा  गोकर्णेश्वर ८ बेसीगाउँ स्थित सरस्वती स्कुलको सभाहलमा  भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा उप प्रमुख शान्ती नेपाल, जिल्ला समन्वय समिति काठमाडौंकी सदस्य सान्नानी लामा, वडा सदस्य डम्बर बहादुर श्रेष्ठ, वडा सदस्य नन्दलाल श्रेष्ठ,  बोष्टर मिडियाका अध्यक्ष मकुन्द ढुंगाना , नगरपालिकाका जन स्वाथ्य अधिकृत हरि प्रसाद उपाध्याय, डा. श्रीकुमार श्रेष्ठ लगायत स्थानीय बासीको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन वडा सचिव  सुदिप हमालले गरेका थिए ।

कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष समेत रहेका मनोज कुमार ढुंगानाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए। उनले कोरोना कहरको बीच नगरपालिकाले गरेको कार्य  र खोप कार्यक्रमको बारेमा जानकारी दिदै कोरोना कहर अझै नहटेको र बिभिन्न स्वरूपमा फैलिरहेको हुँदा स्वास्थ्य सजगता अपनाउन अनुरोध गरेका थिए।

कार्यक्रममा डा. श्रीकुमार श्रेष्ठले  प्रस्तुतीकरण मार्फत कोभिड – १९ जोखिम न्यूनीकरणका लागि सचेतना मुलक जानकारी  गराएका  थिए। उनले  कोरोना रोग के हो ? कसरी सर्छ र यसबाट बच्ने उपायबारे जानकारी गराएका थिए ।उनले  कोरोनाका लक्षण र रोग निको भए पछि पनि यसले पार्ने प्रभाबको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा नगरपालिकाका जन स्वाथ्य अधिकृत हरि प्रसाद उपाध्यायले हाल सम्म नगरपालिकामा कोरोना संक्रमणको अवस्था रोकथाम र खोप कार्यक्रमको बारेमा जानकारी दिदै कोरोना कहर हट्यो भनेर स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा  हेलचेक्र्याइँ नगर्न र खोप लगाउन अनुरोध गरेका थिए।

कार्यक्रममा  नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै कोरोना संक्रमण नियन्त्रणको लागि नगरले उल्लेखनीय कार्य गरेको जानकारी गराएका  थिए। नगरले  आइसोलेसन निर्माण देखि संक्रमितलाइ  निशुल्क   उपचारदेखि निशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरेको जानकारी गराएका थिए।

उनले नगरपालिकाको जनसंख्या भन्दा बढीलाई खोप प्रदान गरेको जानकारी दिदै नगरमा देशको ७७ वटै जिल्लाका मानिस बसोबास गर्ने भएको हुँदा उनीहरुको लागि पनि  खोप लगाउनु नगरको दायित्व सम्झेर खोप प्रदान गरेको जानकारी दिएका थिए ।उनले कोरोना कहर अझै नहटेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि खोप कार्यक्रममा सहभागी हुन नगर बासीलाई अनुरोध गरेका थिए।

तपाइँको प्रतिक्रिया ।