महालेखाको प्रतिवेदन भन्छ : टोखा नगरपालिकामा नियम विपरित कर्मचारी र सल्लाहकारलाई तलव भत्ता

महालेखाको प्रतिवेदन भन्छ : टोखा नगरपालिकामा नियम विपरित कर्मचारी र सल्लाहकारलाई तलव भत्ता

कपन अनलाइन

काठमाण्डौ , फागुन ११ ।

महालेखा परीक्षकको कार्यालयले तयार गरेको आर्थिक वर्ष  २०७६ /२०७७ को लेखा परिक्षण प्रतिवेदनमा टोखा नगरपालिकामा नियम विपरित कर्मचारी र सल्लाहकारलाई तलव भत्ता वितरण गरेको उल्लेख गरेको छ।

महालेखा परीक्षकको कार्यालयले बागमती प्रदेस अन्तर्गतका स्थानीय तहहरुको सुविधा ऐन २०७५ ( पहिलो संसोधन ) अनुसार कुनै पनि स्थानीय तहका पदाधिकारीहरुले स्वकीय सचिव र सल्लाहकार राख्न अपाउने व्यवस्था भए पनि टोखा नगरपालिकामा भने ४ जनालाई नियम विपरित नियक्ति दिएर सेवा सुविधा प्रदान गरिएको उल्लेख गरिएको छ।

सो प्रतिवेदनका अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ ( ८ ) मा तोकिए भन्दा फरक पदमा कर्मचारी नियुक्त गरी १३ लाख ११ हजार ८६० रुपैया भुक्तानी गरिएको छ।

त्यस्तै महालेखा कार्यालयका अनुसार न्यायिक समितिको हकमा संयोजक सहित ३ जना बाहेक अरुले तलव वा भत्ता नपाउने स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धि ऐन २०७६ को व्यवस्था भएपनि टोखा नगरपालिकामा कानुनी सल्लाहकार र कर्मचारीहरुलाई प्रति बैठक १ हजारका दरले ९ जनालाई ८८ हजार रुपैया प्रदान गरिएको छ।

नियम विपरित भएका खर्च र रकम वितरणलाई नियन्त्रण गर्नका लागि सुझाव दिएको महालेखा परीक्षकको कार्यालयले नियम विपरित भौचर नं ७३५,८४७ र ९७० मा विवरण लेखेर प्रदान गरिएको २ लाख रुपैया पनि सम्बन्धित पक्षबाट अशुल उपर गर्न निर्देशन समेत दिएको छ।

तपाइँको प्रतिक्रिया ।