Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/02/274710395_4440859912687091_8744129804218225968_n-e1645604497417.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब द्वारा मुगु जिल्लाको खत्याड गाउँपालिकामा न्यानो कपडा तथा खाद्यान्न वितरण

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ११ । लायन्स क्लबले मुगु जिल्लाको  खत्याड गाउँपालिका वडा न  १० र ८ मा पर्ने ह्याङ्लु ,डुमाना, सेइ, रिगा र बिन गाउँका  लागि पठाएको  न्यानो कपडा र खाध्य सामग्री  हस्तान्तरण गरिएको छ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको  लायन्स क्लब अफ काठमाण्डौं डाँफे, लायन्स क्लब अफ काठमाण्डौं जोरपाटी, लायन्स क्लब अफ काठमाण्डौं गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाण्डौं गुप्ति गणेश, लायन्स क्लब अफ काठमाण्डौं बागमती नर्थ, लायन्स क्लब अफ काठमाण्डौं माकलबारी र लायन्स क्लब अफ काठमाण्डौं रोयल हिमालयनद्वारा  संयुक्त रुपमा कर्णली प्रदेश मुगु जिल्लाको खत्याड गाउँ पालिकाका ७० परिवारका लागि जाडोको लागि न्यानो कपडा अन्तरगत व्ल्यांकेट  हाइनेक तथा खाद्य  सामग्री हस्तान्तरण गरेको छ।

भौगोलिक अवस्थाले अति दुर्गम तथा पिछडिएको उक्त  क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुको दैनिकी समेत कष्टकर रहेको जानकारी पाए संगै लायन्स क्लबले संयुक्त रुपमा उक्त स्थानमा बसोबास गर्ने अति बिपन्न गरिब दलित तथा अपांगता भएका ब्यक्तिहरुलाई करिब १५० पिस सिरक र जाडोको लागि हाइनेक वितरण गरिएको लायन  दिपक चापागाईले कपन अनलाइनलाइ जानकारी गराए। उनले उक्त कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन ।

यो पनि पढ्नुहोस ।

लायन्स क्लबले मुगु जिल्लाको खत्याड गाउँपालिकामा न्यानो कपडा तथा खाद्यान्न पठायो

 

 

तपाइँको प्रतिक्रिया ।