लायन्स क्लबले मुगु जिल्लाको खत्याड गाउँपालिकामा न्यानो कपडा तथा खाद्यान्न पठायो

लायन्स क्लबले मुगु जिल्लाको खत्याड गाउँपालिकामा न्यानो कपडा तथा खाद्यान्न पठायो

कपन अनलाइन

काठमाडौँ, पौष २२। लायन्स क्लबले  न्यानो कपडा र खाध्य सामग्री प्रदान गरेको छ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको  लायन्स क्लब अफ काठमाण्डौं डाँफे, लायन्स क्लब अफ काठमाण्डौं जोरपाटी, लायन्स क्लब अफ काठमाण्डौं गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाण्डौं गुप्ति गणेश, लायन्स क्लब अफ काठमाण्डौं बागमती नर्थ, लायन्स क्लब अफ काठमाण्डौं माकलबारी र लायन्स क्लब अफ काठमाण्डौं रोयल हिमालयनद्वारा मंगलबार संयुक्त रुपमा कर्णली प्रदेश मुगु जिल्लाको खत्याड गाउँ पालिकाका ७० परिवारका लागि जाडोको लागि न्यानो कपडा अन्तरगत व्ल्यांकेट तथा खाद्य  सामग्री हस्तान्तरण गरेको छ।

चिसो बढे संगै कर्णली प्रदेश मुगु जिल्लाको खत्याड गाउँ पालिकामा  न्यानो कपडा तथा खाद्यान्न अभावको कारण पिडामा परेको करिव ७० परिवारको लागि २५ वटा व्ल्यांकेट तथा ४५ बोरा चामल हस्तान्तरण गरिएको  लायन्स क्लब अफ काठमाडौं डाँफेका प्रेसिडेन्ट लायन बच्चुराम शर्मा कुइकेलले जानकारी गराए। मंगलबार  जोरपाटीमा एक कार्यक्रमका बीच   कर्णली प्रदेश मुगु जिल्लाको खत्याड गाउँपालिकालाइ बीच उक्त सामग्री पठाइएको  थियो ।  कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी सहित लायन्स लिडरहरुको उपस्थिति रहेको थियो      ।

तपाइँको प्रतिक्रिया ।